Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

तोरीखेतीमा कृषकको आकर्षण

खबरडबली संवाददाता

झापा । बारीमा लट्टो परेर फलेको तोरी देखेर दङ्ग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान विजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उनको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ । 

चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीका रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले उहाँहरुलाई मल, बीउ, उपकरण र सिँचाइका लागि सहयोग पु¥याउन थालेको छ । 

युवा कृषक नेपालले छ बिघा जग्गा भाडामा लिएर कृषि तथा पशुपालन फार्म सञ्चालन गरेको आधा दशक भइसक्यो । गत वर्ष केही बिघामा लगाएको तोरीले मनग्ये लाभ दिएपछि यसपालि चार बिघा जमिनमा खेती विस्तार गरेको उहाँले बताए। तोरी नपाक्दै किन्न आउनेको घुइँचो लागेको छ । 

“करिब पाँच हजार केजी फल्छ होला,” उहाँले भन्नुभयो, “एक हजार केजी तरहराको सरकारी बीउबिजन केन्द्रले बीउ विस्तारलाई लैजाने भएको छ । पैँतीस सय केजी जति अर्डर आइसक्यो, अब नयाँ अर्डर लिन बन्द गरेको छु ।” वडाध्यक्ष बाबुलाल सुब्बाले दुहागढीको सिङ्गो वडा तोरी खेतीको पकेट क्षेत्र बनेको बताए। यहाँका हरेक कृषक परिवारले हिउँदमा खेतमा तोरी फलाउने गरेका छन् । “२० देखि ५० मनसम्म तोरी नफलाउने कुनै घर नै छैन हाम्रो वडामा”, उनले भने ।  

सोही वडाका लाल मोहम्मद, गोपाल तिम्सिना, मन्सुर मिया र दुर्गा गुरुङले जनही चारदेखि आठ बिघासम्म तोरी खेती लगाएको छन् । यसपालि मौसमी अनुकूलताले बाली रोगकीरामुक्त रहेको जनाउँदै वडाध्यक्ष सुब्बाले गत वर्षको तुलनामा डेढाका दरले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताए । 

तोरी खेतीका लागि सुहाउँदो माटो र उर्वरा शक्ति राम्रो भएकाले सुनसरीको तरहरास्थित प्रदेश कृषि अनुसन्धान केन्द्रले बीउका लागि एक हजार केजी तोरी दुहागढीबाट खरिद गर्ने सम्झौता गरिसकेको कृषक नेपालले जानकारी दिए ।

उनलाई केन्द्रले बीज विस्तारका निम्ति तोरीको बीउ र प्राविधिक सल्लाह प्रदान गरेको थियो । अन्य किसानले स्थानीय मिल, सहकारी संस्था, व्यापारी र सर्वसाधारण उपभोक्तालाई तोरी बिक्री गर्दै आएका छन् । दुहागढीमा दुईवटा तोरी पेल्ने मिल सञ्चालनमा छन् ।

वडाध्यक्ष सुब्बाका अनुसार मेचीनगर–१४ मा एक हजार बिघाभन्दा बढी जमिनमा किसानले तोरीको व्यावसायिक खेती गरेका छन् । हँडिया रेगुलेटर परियोजनाबाट पर्याप्त सिँचाइको व्यवस्था भएकाले तोरी बाली फस्टाएको छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार प्रतिबिघा सामान्यतया आठ सय केजीका दरले तोरी उत्पादन हुन्छ । यसपालि उत्पादकत्व बढ्ने उहाँको अनुमान छ । 

कोरोनाकालमा अग्र्यानिक उत्पादनले बजार पाएको र रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै खानेतेलको मूल्य वृद्धि भएपछि नेपाली किसानले तोरीको भाउ सोचेभन्दा बढी नै पाइरहेका छन् । विगत दुई वर्षमा बजारमा तोरीको तेलको भाउ दोब्बरले बढेको छ ।

पहिला पहिला जस्तो खेत बाँझो राख्ने चलन हराउँदै गएको छ भने विदेशबाट फर्केका र व्यावसायिक कृषि जीवन अपनाइरहेकाहरु धमाधम ठूलो मात्रामा तोरी खेतीतर्फ आकर्षित भएको देखिन्छ ।

कृषि ज्ञान केन्द्रका शिवाकोटीले तोरी खेतीमा लगानी र जनशक्ति कम लाग्ने उल्लेख गर्दै आम्दानी बढी हुने थाहा पाएपछि किसान आफ्नो जग्गा नभए भाडामा लिएर तोरी खेतीमा लागेको बताए । तोरी छरेको तीन महिनाभित्रमै पाक्ने र झापाको माटो धान, मकै, सुपारीजस्तै तोरीका लागि उर्वरभूमि रहेको उनले बताए। 

झापामा आर्थिक वर्ष २०७६÷७७ मा तीन सय ११ हेक्टरमा तोरी खेती भएको थियो भने २०७८÷७९ मा बढेर तीन सय २० हेक्टरमा व्यावसायिक खेती भएको थियो । चालू आवमा तोरी खेती भएको क्षेत्रफल झापामा पाँच सय पुग्ने आङ्कलन गरिएको छ । 

अर्जुनधारामा पनि लहलह 

अर्जुनधारा नगरपालिकाले नगर सहकारीमार्फत तोरी खेती प्रवद्र्धन गरिरहेको जनाएको छ । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रत्युश रानाले तोरी खेतीका लागि यस वर्ष दुई सय ७० केजी उन्नत जातको बीउ वितरण गरेको बताउनुभयो । सहकारीले किसानबाट उत्पादित तोरी खरिद गरेर आगामी वर्ष नगरलाई तोरीको बीउमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

नगरमा यस वर्ष १० हजार केजी तोरीको उन्नत जातको बीउ सङ्कलन गर्ने सहकारीले जनाएको छ । झापाका शिवसताक्षी, कमल लगायतका स्थानीय तहले समेत तोरी खेती प्रवद्र्धनमा लगानी गरिरहेका छन् । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्रका आधारमा अनुदान र सहुलियत उपलब्ध गराउँदै आएको छ । अन्य खेतीको तुलनामा तोरी खेतीबाट किसान बढी लाभान्वित भइरहेका छन् । चार बिघामा तोरी खेती गर्दा करिब रु एक लाख जति खर्च हुने र आम्दानी रु पाँच लाखभन्दा बढी नै हुने कृषक नेपालले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending