Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

अफगानिस्तानको मन्त्रालयनजिकै भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुग्यो

खबरडबली संवाददाता

काबुल । अफगानिस्तानको राजधानीमा अवस्थित परराष्ट्र मन्त्रालयनजिकै भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या दश पुगेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । बुधबार एक बम वर्षकलेमध्य काबुलको मन्त्रालयनजिकै आफूलाई विस्फोट गराएको थियो । जिहादी इस्लामिक स्टेट्स समूहको यस आक्रमणको दाबी गरेको छ । 

एएफपीलाई दिएको एक विज्ञप्तिमा उक्त हमलामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको र अन्य ५३ जना घाइते भएका अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहयोग नियोग ९युएनएएमए० ले जनाएको छ ।  घटनाको अनुसन्धान जारी राखेको पनि युएनएएमएले जनाएको छ । 

काबुलमा एउटा अस्पताल सञ्चालन गर्ने इटालियन गैरसरकारी संस्था आक्रमणपछि ४० भन्दा बढी घाइतेलाई आफ्नो सुविधामा ल्याइएको बताएको थियो । सन् २०२१ अगस्ट  मा तालिबानको सत्तामा फिर्ता भएपछि अमेरिकी नेतृत्वको दुई दशक लामोयुद्धको अन्त्य भएको थियो । जसले हिंसामा उल्लेखनीय कमी ल्याएको भए तापनि हालका महिनाहरूमा सुरक्षा बिग्रन थालेको छ ।

आक्रमणहरूमा सयौं मानिसहरू मारिएका र घाइते भएका छन्, ।  धेरैजसो विदेशीलक्षित गर्नेहरूसहित आइएसद्वारा दाबी गरिएको छ । गत महिना बन्दुकधारीले काबुलमा चिनियाँ व्यवसायीको लोकप्रिय होटलमा आक्रमण गर्दा कम्तीमा पाँच चिनियाँ नागरिक घाइते भएका थिए । त्यो छापा आइएसद्वारा दाबी गरेका थिए ।

डिसेम्बरमा काबुलमा पाकिस्तानको दूतावासमा भएको आक्रमणलाई इस्लामाबादले आफ्नो राजदूतविरुद्ध ‘हत्याको प्रयास’ भनेर निन्दा गरेको थियो । गत सेप्टेम्बरमा भएको आत्मघाती बम आक्रमणमा दुई रूसी दूतावास कर्मचारीको मृत्यु भएको आईएसले दाबी गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बागलुङ। बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी ...

११ दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवार...

गृहमन्त्री अर्यालद्वारा उच्च अधिकारीसहित मतदान केन्द्रहरूको अनुगमन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृह...

ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण, चार जना पक्राउ

काठमाडौं । ललितपुरमा निर्वाचन गस्तीमा खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिहरूले आक्रमण गरेका छन्। महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा प्रहरी प...

भक्तपुरको चाँगुनारायणमा कार दुर्घटना, तीन जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो भएको कार दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको ...

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद। पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार क...

'उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

काठमाडौँ । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई ...

मतदानका दिन मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मतदानका दिन मौसम मुख्यतया सफा रहने बताएको छ । महाशाखाले मङ्गलबार साँझ जार...

जुत्ता चप्पल उद्योगमा ओली, उद्योग प्रोत्साहन गर्ने प्रतिवद्धता

दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE