काठमाडौ । मन्त्रिपरिषद् विस्तारसहितका विभिन्न विषयमा निर्णय गर्न आज साँझ सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।
आज बालकोटस्थित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवासबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा निर्णय गर्नका लागि आज साँझ ५ बजे सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको जानकारी दिएको होे ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेको भेटवार्ताकै बीचमा ओली निवास पुग्नुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल प्रधानमन्त्री बालकोटबाट फर्किएपछि ओलीसँग पुनः छलफल गरी बालकोटबाट फर्कने क्रममा बालकोटमा भएको शीर्ष नेताबीचको छलफलपछि साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको जानकारी दिएको हो ।
सरकार जे जस्तो राजनीतिक दलको सहमतिमा अगाडि बढेको छ त्यही गतिका साथ द्रूत रूपमा अगाडि बढ्ने उल्लेख गर्दै उहाँले सरकारको आयुको बारेमा शङ्का गर्नुपर्ने कुनै ठाउँ नभएको बताएयो । “प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकबीचको भेटघाट सम्पन्न भएको छ”, उहाँले सञ्चारकर्मीलाई भने, “आजै साँझ ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । जे जस्ता कार्यसूचीहरू बाँकी छन्, त्यसमा एकसरो गृहकार्य भएको छ । छिट्टै सबै विषयमा आवश्यक निर्णय हुन्छ ।”
उपप्रधान पौडेलले सत्ता साझेदार दल सबै एक ठाउँमा भएको भन्दै सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताए । भोलि मङ्गलबार विश्वासको मत दिने दलहरूसँग बैठक बस्न लागेको भन्दै उहाँले त्यहाँ अन्य दलको विचार पनि सुन्ने र पार्टीका कुरा पनि राख्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: