Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

मन्त्री शर्माको ध्यान आमसञ्चार क्षेत्रका समस्यालाई कसरी समाधान गर्ने भन्नेतर्फ

खबरडबली संवाददाता

काठमाडौ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना/प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताएकि छन् । 

सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परियो भने सुशासन तथा विकास निर्माणलगायतमा अवरोध हुनसक्नेतर्फ विशेष ख्याल गर्न मातहतका निकायलाई सुझाव दिईन् । मन्त्री शर्माले हरेक ठाउँमा प्रविधिको प्रयोगका सन्दर्भमा मन्त्रालयबाट गर्ने सहजीकरणमा कुनै कमी नहुने स्पष्ट पारिन्। राज्यका हरेक निकायमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा प्रभावकारी बनाउनसके धेरै गुनासाहरु आफैँ समाधान भएर जाने मन्त्री शर्माको भनाइ थियो ।

विगतमा सिंहदरबार भित्रैका मन्त्रालयमा फाइलहरु लैजान पनि महिनौँसम्म लाग्ने अवस्थाको अन्त्य गर्न पनि प्रविधिकै प्रयोग गर्नुपर्नेमा उनले जोड दिईन् । उनले यो मन्त्रालय आफ्नो लागि नौलो भएको र धेरै कुराहरु सिक्नुपर्ने आवश्यकता रहेको बताईन् । विगतमा भिन्न मन्त्रालयमा रहँदा मेहनतले नै महत्वपूर्ण काम भएको स्मरण गर्दै सञ्चारमन्त्री शर्माले भनिन्, “एक व्यक्ति आफैँ सफल र असफल हुन सक्दैन, त्यहाँ भित्रको समूह सक्षम तथा सहकार्य सकारात्मक भयो भने सबै सफल हुन्छ ।” त्यसका लागि मन्त्रालयलगायत सबै निकायबाट साथ र सहयोग पाउने उहाँले विश्वास व्यक्त गरिन्।

उनले थपन्,ि “मन्त्रालयसँग सम्बद्ध शाखा, उपशाखा, बोर्ड, निकाय, संस्थान, प्रतिष्ठान विभागभित्रका समस्या के हुन् ? मन्त्रालयले गर्नुपर्ने कुरा के हो ? राम्रा कुरा के छ ?गाँठो फुकाउनुपर्ने कुराहरु के छ ? सरकारका तर्फबाट के ध्यान दिनुपर्छ ? सबै विषयमा विशेष ढङ्गले सोच्नुपर्छ, त्यसमा मेरो ध्यान रहन्छ ।” 

उनले सबैले तत्तत् ठाउँबाट गर्नुपर्ने कुराहरु के हुन् ? तोकिएका कुराहरु के छन् ?जानकारी गराउन अनुरोध गर्दै त्यसको गाँठो फुकाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाईन् । मन्त्री शर्माले मन्त्रालयसँग जोडिएको आमसञ्चारलाई व्यवस्थित र सकारात्मक बनाउने विषयमा पनि आफ्नो विशेष ध्यान रहने बताईन् । उनले भनिन्, “सँच्चिकै भन्ने हो भने सञ्चारजगत्ले सरकारका काम कारबाहीका कुरालाई सकारात्मक ढङ्गले ल्याउन सक्ने हो भने हामीले धेरै काम गर्न सक्ने छौँ ।”  

उनले आमसञ्चार क्षेत्रका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि आफ्नो ध्यान रहेको बताईन् । मन्त्रालयका सबै विभाग, निकायबाट राम्रा कामका साथै त्यहाँ रहेका समस्या र चुनौतीहरु के हुन् ? गर्न नसकेका काम के हुन् ? के गर्दा काम सम्पन्न गर्न सकिन्छ ?भन्ने विषयलाई पनि समावेश गरी जानकारी गराउन मन्त्री शर्माले आग्रह गर्नुभएको छ । उनले सडक मार्गमासमेत सञ्चार सम्पर्क विच्छेद हुने भएकाले कम्तीमा पनि राजमार्गमा सञ्चार पहुँच सहज बनाउनुपर्नेमा जोड दिईन् । जहाँ सहज पहुँच पुगेको छ, त्यहाँको सेवा पनि प्रभावकारी नरहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले त्यसको समाधानका लागि पहल गर्न आग्रह गरिन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा तथ्यका आधारमा प्रधानमन्त्रीले पुष्टि गर्न सक्नुपर्छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछ: गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...

धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ राष्ट्रवादी अभियानको घोषणा

काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...

निजी विद्यालय शुल्कमा ३ प्रतिशत योगदान सामाजिक समानताका लागि: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...

प्रतिनिधि सभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending