Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गाँजा खानेको म्यासेन्जर ग्रुप, जसको नाम जी ग्रुप

म्यासेन्जरमा गाँजा खाने ठाउँदेखि गाँजा लिने पालोसम्मको छलफल

खबरडबली संवाददाता

गुल्मी । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो ।

सुन्दा अचम्म लाग्न सक्छ तर, गुल्मीमा फेसबुक म्यासेन्जरको प्रयोग गरेर एक समूहले लागुऔषधको प्रयोग गर्दै आएको छ । जिल्लामा गाँजा खानेको म्यासेन्जर ग्रुप छ । जसको नाम जी ग्रुप राखिएको छ । उनीहरू म्यासेन्जर ग्रुपमा गाँजा खाने ठाउँ, गाँजा लिने पालो र सहभागी हुने विषयमा छलफल गर्दछन् ।

सामाजिक सञ्जाल फेसबुक प्रोफाइल हेरेर उनीहरूले ग्रुपमा सदस्य थप्दै गएका छन् । चित्र तथा चरित्रको आधारमा शङ्का लागेमा त्यही ग्रुपमा जोडेर कुराकानी गर्ने गर्दछन् । 

यो कुरा सर्वपक्षीय छलफलका क्रममा बाहिरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार लागुऔषध नियन्त्रण गर्न सर्वपक्षीय छलफल आयोजना गरेको थियो । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, उद्योग सङ्घ गुल्मी, होटल व्यवसायी मञ्च, सरकारी विद्यालय, निजी विद्यालय, नागरिक समाज, पत्रकारलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको छलफलमा सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य सङ्घ गुल्मीका तर्फबाट छलफलमा आफ्नो सहभागिता जनाउनुभएका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसालले गाँजा खानेको म्यासेन्जर ग्रुपसमेत भएको जानकारी गराए । “लागुऔषधको समस्या गम्भीररूपमा विकराल बन्दै गएको छ”, उनले भने, “गाँजा ग्रुपको बारेमा केही जानकारी पाएपछि त्यो बुझ्दा साँच्चिकै रहेछ ।” 

भुसाललाई गाँजा खानेको म्यासेन्जर ग्रुपबारे थाहा भयो । त्यसपछि जोडिएर सबै जानकारी लिन खोज्नुभयो । फेसबुकमा त्यही किसिमको नक्कली चित्र देखाएपछि सदस्य बन्नुभयो । त्यसबारे सबै बुझेपछि उहाँ त्यसबाट हट्नुभयो । भुसालको यो परीक्षणले गुल्मीमा लागू औषधको समस्या भयावह बनिरहेको सजिलै आकलन गर्न सकिन्छ । 

उपल्लो तम्घास माध्यमिक विद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले बालबालिकामा लागुऔषधको लत छुट्नै नसक्ने गरी परिसकेको बताए । बालबालिकालाई यसबाट छुटाउन परामर्शले मात्र नपुग्ने भन्दै यसलाई गम्भीररूपमा लिएर अगाडि बढ्न आग्रह गरे। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोेपलाल अर्यालले जसमा समस्या छ त्यसैलाई समाधानका लागि प्रयोग गर्नुपर्ने बताए ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले अभियानका रूपमा कार्यक्रम सञ्चालन गरेर जनचेतना जगाएमा र होटल व्यवसायी संयमित बनेमा केही हदसम्म लागुऔषधको प्रयोग घट्ने बताउनुभयो । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जङ्गबहादुर थापाले आफूहरूले बिक्री गर्न नमिल्ने कुराहरूमा सचेत हुने बताए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले विधिको शासन प्रयोग गर्दै नियमन, नियन्त्रण र सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागुऔषधको प्रयोग गर्न बनाइएका माध्यमलाई नियमन गर्ने बताएको छन् । 

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले लागुऔषधको प्रयोगका लागि अवसर दिने र चाहना राख्ने दुवैलाई शून्यतर्फ झार्न लाग्ने जानकारी दिए। “सबैले आ–आफ्नो तर्फबाट भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्दछ”, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “अब जिल्ला तहबाट पालिकासम्म लागुऔषध नियन्त्रण गर्न अभियान चलाउँछौँ ।” विद्यालयबाट लागुऔषध नियन्त्रणका कार्यक्रम चलाउन आग्रह गरिने पौडेलले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending