Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

सार्वजनिक पदका नेता आर्थिक लेनदेनमा जोडिएको प्रमाणित भए कारबाही गर्छौँ : अध्यक्ष लिङ्देन

खबरडबली संवाददाता

काठमाडौ । नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले केन्द्रदेखि प्रदेशमा सार्वजनिक पदधारण गरेका कुनै पनि नेता आर्थिक लेनदेनमा जोडिएको प्रमाणित भएमा विलम्ब नगरी कारबाही गर्ने बताएको छन् ।

पार्टीको केन्द्रीय सचिवालयद्वारा आयोजित नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रदेश सभामुख, प्रदेशमन्त्रीको स्वागत तथा सम्मान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्षसमेत रहनुभएका लिङ्देनले घुस प्रकरणमा जोडिएमा ती नेतालाई सामाजिक जीवन र प्रतिष्ठाबाट उठ्न नसक्ने गरी कारबाही गर्ने बताए ।

जनताले राप्रपालाई सुशासनका लागि अपेक्षा गरेकाले उनीहरूलाई निरास नबनाउने उनको भनाइ थियो । “हाम्रा प्रतिबद्धता पूरा गर्न सरकारमा सहभागी हुने कठोर अग्निपरीक्षामा होमिएका हौँ, व्यवहारिकरूपमै कुनै पनि भ्रष्टाचार हुन नदिने प्रतिबद्धतालाई कार्यान्वयन गर्न र आफूलाई प्रमाणित गर्न हामी सरकारमा सहभागी भएका हौँ । तपाईँहरूको सदाझैँ साथ, सहयोग, समर्थन र हौसलाको अपेक्षा राखेका छौँ”, उनले भने ।

शुभेच्छुक, शुभचिन्तकको ठूलो पङ्क्तिले राप्रपा सरकारमा नजाओस् भन्ने चाहना राखेकाले उनीहरूलाई धैर्य गर्न आग्रह गर्दै अध्यक्ष लिङ्देनले हाम्राबारे अहिल्यै मूल्याङ्कन गर्न र कुनै धारणा बनाउन हतारो हुने बताए । उनले भने, “मन्त्रीहरूको स्वागतमा फूलमाला होइन, सरकारबाट निस्कँदा फूलमाला लगाउने गरी परिणाममुखी काम गर्छौँ, हामी आफ्नो जिम्मेवारीमा खरो उत्रन्छौँ ।” सरुवा, बढुवा र नियुक्तिको विषय लिएर नआउन अनुरोध गर्दै उपप्रधानमन्त्री लिङ्देनले विकास निर्माणका योजना ल्याउन भन्दै सरुवा, बढुवा र नियुक्तिको विषयका काम गर्न नसकिने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा तथ्यका आधारमा प्रधानमन्त्रीले पुष्टि गर्न सक्नुपर्छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछ: गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...

धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ राष्ट्रवादी अभियानको घोषणा

काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...

निजी विद्यालय शुल्कमा ३ प्रतिशत योगदान सामाजिक समानताका लागि: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...

प्रतिनिधि सभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending