पाल्पा । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे
समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिनुभएको छ, भगवती देवकोटा । रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई चार पैसा कमाइ गर्छुभन्दा पनि समुदायबाटै अपहेलित हुनुप¥यो । हिजोआज भने सोही समुदायले उहाँको कृषिकर्मको खुलेरै प्रशंसा गरिरहेको सुनिन्छ ।
लामो समयसम्म यस व्यवसायमा रहनुभएकी देवकोटाले धेरै अनुभव सङ्गाल्नुभएको हुँदा छिमेकी पनि उहाँसँग कृषि प्रविधि र तरकारी खेतीबारे जानकारी लिन पुग्छन् । समाजमा शिक्षा र चेतनाको विकाससँगै विभिन्न निकायबाट कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, एफएम रेडियो, टेलिभिजनलगायतका विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह हुन थालेपछि अहिले यस व्यवसायमा सबैका सामु देवकोटा उदाहरणीय किसान बन्नुभएको छ ।
“परिवारमा धन कमाउने नहँुदा घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउन धेरै समस्या भएपछि तरकारी लगाइयो, बेच्न जाँदा समाजमा नानाथरि कुरा गर्ने, रात पर्न थालेपछि लुकेर बजारमा गएर तरकारी बेचेर घर फर्केका क्षण अहिले ताजै छन्”, उहाँले भन्नुभयो । आजभन्दा करिब एक दशक अघि उहाँले फलाएका तरकारी आनन्दले बिक्री गर्ने वातावरण समाजमा थिएन । त्यस समयमा तरकारी बेच्ने किसानलाई समाजले तल्लो दर्जाको रुपमा हेर्ने गरेको उहाँको अनुभव छ ।
आफैँले उत्पादन गरेका तरकारी, दिउँसो टिपेका साँझपखको समय छिमेकीले देख्ने डरले मौका छोपेर लुकेर घरबाट निस्कनुहुन्थ्यो । छोराछोरीको पढाइ खर्च, घर व्यवहार धान्न कमाइ नहँुदा उहाँलाई आम्दानीको निम्ति तरकारी लगाउँदा समाजको नकारात्मक भनाइ र व्यवहारले बेला बेलामा पिरोल्थ्यो ।
“आफूले उत्पादन गरेका कृषिउपज ढुक्कले बजारमा गएर बिक्री गर्न डराउनुपर्ने थियो”, उहाँले भन्नुभयो, “अहिले समाजको सोचाइ बदलिएको छ, किसानलाई सम्मानित पेसाका रुपमा लिँदा व्यवसायमा उत्साह बढेर आउँछ, सकुञ्जेलसम्म कृषिमै रमाउने हो ।” दैनिक त्यस समय रामपुरको बेझाड बजार चोकको चौतारीमा ४५ मिनेट हिँडेर बोरामा तरकारी बोकेर हस्याङफस्याङसँग पुग्नुहुन्थ्यो उहाँ । तरकारी बेचेको रकमले घरायसी सामग्री किन्नुहुन्थ्यो । तरकारी बजारमा बेच्न जाँदा अनेक कुरा गर्नेहरु अचेल तरकारी खेतीको सिको गर्छन र प्रशंसा गर्छन् ।
उहाँले सालिन्दा पाँचसात रोपनीमा समयानुसार विभिन्न जातका तरकारी लगाउनुहुन्छ । घरायसी प्रयोजनका अलावा वार्षिकरुपमा खर्च कटाएर रु दुई लाख तरकारीबाटै आम्दानी गर्दै आइरहेको उहाँका श्रीमान् पूर्णचन्द्र देवकोटाले बताउनुभयो । श्रीमान् श्रीमती यस व्यवसायमा संलग्न हुनुहुन्छ । तरकारी खेतीको रेखदेखमै दिन बितेको पत्तो हँुदैन । स्थानीय बजारमै तरकारी खपत भइरहेकाले बिक्री गर्ने झण्झट नभएको पूर्णचन्द्रको भनाइ छ । उहाँको खेतबारीमा काउली, बन्दा, आलु, धनियाँ, मुलालगायतका हरियाली तरकारी छन् । उहाँहरुले घरका खाली आँगनसमेत तरकारीले हराभरा बनाउनुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...



प्रतिकृया लेख्नुहोस्: