Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

कृषि व्यवसायमा बदलिएको समाज

खबरडबली संवाददाता

पाल्पा । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे
       
समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिनुभएको छ, भगवती देवकोटा । रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई चार पैसा कमाइ गर्छुभन्दा पनि समुदायबाटै अपहेलित हुनुप¥यो । हिजोआज भने सोही समुदायले उहाँको कृषिकर्मको खुलेरै प्रशंसा गरिरहेको सुनिन्छ । 
      
लामो समयसम्म यस व्यवसायमा रहनुभएकी देवकोटाले धेरै अनुभव सङ्गाल्नुभएको हुँदा छिमेकी पनि उहाँसँग कृषि प्रविधि र तरकारी खेतीबारे जानकारी लिन पुग्छन् । समाजमा शिक्षा र चेतनाको विकाससँगै विभिन्न निकायबाट कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, एफएम रेडियो, टेलिभिजनलगायतका विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह हुन थालेपछि अहिले यस व्यवसायमा सबैका सामु देवकोटा उदाहरणीय किसान बन्नुभएको छ । 
       
“परिवारमा धन कमाउने नहँुदा घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउन धेरै समस्या भएपछि तरकारी लगाइयो, बेच्न जाँदा समाजमा नानाथरि कुरा गर्ने, रात पर्न थालेपछि लुकेर बजारमा गएर तरकारी बेचेर घर फर्केका क्षण अहिले ताजै छन्”, उहाँले भन्नुभयो । आजभन्दा करिब एक दशक अघि उहाँले फलाएका तरकारी आनन्दले बिक्री गर्ने वातावरण समाजमा थिएन । त्यस समयमा तरकारी बेच्ने किसानलाई समाजले तल्लो दर्जाको रुपमा हेर्ने गरेको उहाँको अनुभव छ । 
      
 आफैँले उत्पादन गरेका तरकारी, दिउँसो टिपेका साँझपखको समय छिमेकीले देख्ने डरले मौका छोपेर लुकेर घरबाट निस्कनुहुन्थ्यो । छोराछोरीको पढाइ खर्च, घर व्यवहार धान्न कमाइ नहँुदा उहाँलाई आम्दानीको निम्ति तरकारी लगाउँदा समाजको नकारात्मक भनाइ र व्यवहारले बेला बेलामा पिरोल्थ्यो । 
       
“आफूले उत्पादन गरेका कृषिउपज ढुक्कले बजारमा गएर बिक्री गर्न डराउनुपर्ने थियो”, उहाँले भन्नुभयो, “अहिले समाजको सोचाइ बदलिएको छ, किसानलाई सम्मानित पेसाका रुपमा लिँदा व्यवसायमा उत्साह बढेर आउँछ, सकुञ्जेलसम्म कृषिमै रमाउने हो ।” दैनिक त्यस समय रामपुरको बेझाड बजार चोकको चौतारीमा ४५ मिनेट हिँडेर बोरामा तरकारी बोकेर हस्याङफस्याङसँग पुग्नुहुन्थ्यो उहाँ । तरकारी बेचेको रकमले घरायसी सामग्री किन्नुहुन्थ्यो । तरकारी बजारमा बेच्न जाँदा अनेक कुरा गर्नेहरु अचेल तरकारी खेतीको सिको गर्छन र प्रशंसा गर्छन् ।
       
उहाँले सालिन्दा पाँचसात रोपनीमा समयानुसार विभिन्न जातका तरकारी लगाउनुहुन्छ । घरायसी प्रयोजनका अलावा वार्षिकरुपमा खर्च कटाएर रु दुई लाख तरकारीबाटै आम्दानी गर्दै आइरहेको उहाँका श्रीमान् पूर्णचन्द्र देवकोटाले बताउनुभयो । श्रीमान् श्रीमती यस व्यवसायमा संलग्न हुनुहुन्छ । तरकारी खेतीको रेखदेखमै दिन बितेको पत्तो हँुदैन । स्थानीय बजारमै तरकारी खपत भइरहेकाले बिक्री गर्ने झण्झट नभएको पूर्णचन्द्रको भनाइ छ । उहाँको खेतबारीमा काउली, बन्दा, आलु, धनियाँ, मुलालगायतका हरियाली तरकारी छन् । उहाँहरुले घरका खाली आँगनसमेत तरकारीले हराभरा बनाउनुभएको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies