Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

आर्थिक कानुन संशोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव, संसदीय समितिमा छलफल

खबरडबली संवाददाता

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि सांसदहरूले १५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रतिनिधिसभाबाट विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएपछि अब संशोधन प्रस्तावसहित विस्तृत छलफल हुने भएको छ।

प्रतिनिधिसभाको साउन १४ गतेको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सभाबाट स्वीकृत भएसँगै समितिले विधेयक र संशोधन प्रस्तावलाई एकैसाथ अध्ययन गर्नेछ।

विधेयकमाथि सांसद बुद्धिप्रसाद पन्त, सन्दीप राना, पवित्रा बिक, रेनुका काउँचा, बासना थापा, सन्तोष सुब्बा, मनमाया विश्वकर्मा, सुशील खड्का तथा नितिमा भण्डारी कार्कीलगायतले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

सांसद बुद्धिप्रसाद पन्तले मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा नयाँ व्यवस्था थप्दै आवश्यक प्रक्रिया पूरा गरी गन्तव्यतर्फ गइसकेका ढुवानी साधनलाई कुनै अवरोध नगरी गन्तव्यसम्म पुग्न दिनुपर्ने व्यवस्था समावेश गर्न प्रस्ताव गरेका छन्।

यस्तै, सांसद रेनुका काउँचा र बासना थापाले मूल्यसम्बन्धी मापदण्ड निर्धारण गर्दा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कम्तीमा ३० दिन सार्वजनिक सुझाव संकलन गर्नुपर्ने व्यवस्था राख्न माग गरेका छन्। उनीहरूले यस्तो मापदण्ड कार्यान्वयनअघि संसद्को सम्बन्धित समितिबाट राय लिनुपर्ने प्रस्ताव पनि गरेका छन्।

छ वटा कानुनी व्यवस्था खारेज गर्ने प्रस्ताव
प्रस्तावित विधेयकमा पाँच वटा ऐन र एउटा नियमावली खारेज गर्ने व्यवस्था गरिएको छ। खारेज गर्न प्रस्ताव गरिएका ऐनहरू यस्ता छन्–

- प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३
- नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४
- आय टिकट दस्तुर ऐन, २०१९
- राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२
- वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५

यससँगै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७९ पनि खारेज गर्ने प्रस्ताव गरिएको छ।

राजस्व अनुसन्धानका मुद्दा सम्बन्धित निकायमा सर्ने
विधेयक ऐनका रूपमा लागू भएमा हाल राजस्व अनुसन्धान विभागमा दर्ता भएका तथा अनुसन्धानको क्रममा रहेका वा अनुसन्धान पूरा भए पनि मुद्दा दायर हुन बाँकी रहेका उजुरी सम्बन्धित निकायमा हस्तान्तरण गरिने व्यवस्था प्रस्ताव गरिएको छ।

आयकर, अन्त:शुल्क, मूल्य अभिवृद्धि कर तथा गैरकरसम्बन्धी विषय आन्तरिक राजस्व विभाग मा, चोरी निकासी वा पैठारीसम्बन्धी विषय भन्सार विभाग मा र विदेशी विनिमयसम्बन्धी कसूरका मुद्दा तोकिएको अनुसन्धान अधिकारीसमक्ष पठाइने व्यवस्था विधेयकमा उल्लेख छ।

त्यस्तै, राजस्व अनुसन्धान विभागमा रहेका अभिलेखहरू पनि नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णयअनुसार सम्बन्धित निकायमा हस्तान्तरण गरी व्यवस्थापन गरिने प्रस्ताव गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

आर्थिक कानुन संशोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव, संसदीय समितिमा छलफल

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...

देवानगञ्ज घटनापछि सप्तरीमा सद्भावको सन्देश, राजविराज र बोदेबरसाइनमा निकालियो शान्ति र्‍याली

राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...

मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...

ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन

तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...

सप्तरीमा कर्फ्यु खुकुलो

सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...

ब्रड पिक दुर्घटना : निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव क्याम्प–१ तर्फ ल्याइँदै

काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा किनबेच भइरहेको छ ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।  नेपाल सुनचाँदी ...

शान्ति सद्भाव र्‍यालीपछि जनकपुरधामको अवस्था सामान्य

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending