Ntc summer Offer
Khabar Dabali १८ मंसिर २०८० सोमबार | 4th December, 2023 Mon

आँगनमा धारा छ, पानी छैन

रासस

बेनी । बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्नुहुन्छ । 

“आँगनमा धारा भए पनि पानी आउँदैन”, उहाँले भन्नुभयो, “टोलको सार्वजनिक धारामा पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्छौँ ।” कल्पनाजस्तै उपल्लाचौर र सालघारी टोलका धेरैजसो घरमा निजी धारा बनेको करिब एक वर्ष पुगे पनि पानी आपूर्ति भएको छैन । कालीगण्डकीको पानी तानेर घर–घरमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले सुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माणले गति लिन नसक्दा उपभोक्ताको दुःख नहटेको हो ।

रत्नेचौरमा विस २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निरास बनेका स्थानीय कृष्ण बोगटीले बताउनुभयो । 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सञ्चालित करिब रु सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको ३१ महिनासम्म पनि पूर्णता पाएको छैन । बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले सम्बद्ध कार्यालय र निर्माण व्यवसायीको समझदारी नमिल्दा खानेपानी आयोजना निर्माणले निरन्तरता पाउन नसकेको बताउनुभयो । 

“ताकेता ग¥यो भने १५–२० दिन काम हुन्छ । अनि फेरि रोकिन्छ, हैरान भएका छौँ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीका सञ्चालक र खानेपानी कार्यालयको असमझदारीले आयोजना प्रभावित बनेको हो ।” खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते रु दुई करोड ७५ लाख ३६ हजार पाँच सयमा ठेक्का सम्झौता भएको थियो ।

कूल रु छ करोड ७६ लाख लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्नेबाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो । विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्कीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता थियो ।

हालसम्म एक वटा रिजर्भ फेरो ट्याङ्की निर्माण सकिएको छ । दुईवटा ट्याङ्की र इनार निर्माणलाई पूर्णता दिन बाँकी छ । मुख्य पाइप लाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ । निर्माण कम्पनीका प्रतिनिधि होमनाथ सापकोटाले बाँकी कामलाई पूर्णता दिन शनिबारदेखि मजदुर र उपकरण परिचालन गरेको बताउनुभयो । 

“इनार बनाउन खाडल खनिएको छ, कार्यालयले छिटो लाइन दियो भने मुख्य लाइनको जिआइ पाइप वेल्डिङ पनि तत्कालै सुरु हुन्छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका धारा बनाउन र पाइप लाइन पुर्नका लागि मजदुर ल्याएको छु । समुदाय र कार्यालयबाट वातावरण बन्यो भने दुई महिनाभित्र आयोजना निर्माण सकिन्छ ।”

विसं २०७७ माघ ११ गते तत्कालीन प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले आयोजनाको शिलान्यास गर्नुभएको थियो । सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ । हालसम्म एक सय २० भन्दा बढी घरमा निजी धारा निर्माण भइसकेको छ । 

तीस हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४।७ लिटर पानी चार सय ५० मिटरमाथि सालघारीमा निर्माण हुने एक सय १५ क्यूबिक क्षमताको ट्याङ्कीमा खसालेर घर–घरमा धारा जडान गरेर वितरण गरिने भएको छ । घर–घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कुल दूरी १८।७ किलोमिटर छ । खानेपानी कार्यालयले भने ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कामलाई तीव्रता दिन ताकेता गरिएको जनाएको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

टिकटक प्रतिबन्धविरुद्दको रिटमा ४ गते प्रारम्भिक सुनुवाई हुने

काठमाडौं । सरकारले टिकटकमा लगाएका प्रतिबन्ध फुकुवाका लागी भन्दै सर्वोच्व अदालतमा आधा दर्जन रिटपरेपछि अदालतले आगामी ४ गते प्रारम्भिक सुनुवाई गर्ने भएको...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies