काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्रकार तथा चलचित्रकर्मीको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरेको हो।
लोकलयमा आधारित गीतमा समिक्षा अधिकारी को स्वर, सुरेन्द्र राना को शब्द तथा कर्णराज गिरी को संगीत रहेको छ। गीतको भिडियो मुभिज डिजिटेनमेन्ट को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा चलचित्रका मुख्य अभिनेत्री रिस्ता अधिकारी र न्यान्सी खड्का को नृत्य मुख्य आकर्षण बनेको छ। रामजी लामिछाने को कोरियोग्राफी रहेको भिडियोमा दुवै कलाकारले तीजको माहोल झल्किने प्रस्तुति दिएका छन्।
विनयराज पौडेल निर्देशित चलचित्रमा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिएका छन्।
क्षित बाबु प्रोडक्सन हाउस को ब्यानरमा बनेको चलचित्रका प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना ले लगानी गरेका छन् भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेका छन्। चलचित्रको मूल कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा र संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका छन्।
चलचित्रका अन्य गीतमा अञ्जु पन्त, रचना रिमाल, समिक्षा अधिकारी र एसडी योगी को स्वर रहेको छ। दीपेन बस्न्यात को छायाङ्कन, रामजी लामिछाने को नृत्य निर्देशन र शंकर महर्जन को द्वन्द्व निर्देशन रहेको चलचित्रलाई नेसनल सिने ग्रुप नेपाल मार्फत दीपक दंगाल ले वितरण गर्नेछन्।
निर्माण पक्षका अनुसार चलचित्रका गीत तथा अन्य डिजिटल सामग्री मुभिज डिजिटेनमेन्ट मार्फत सार्वजनिक गरिनेछ। भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘अक्षरा’ ले तीज गीत सार्वजनिक गरेसँगै प्रचारप्रसारलाई थप तीव्र बनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: