Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम  ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन ।  

कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र रू १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउदै निर्माण रोकेको हो ।
 
भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा लालपुर्जा भएको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरिरहेको  २० बिघा ६ कठ्ठा जग्गा उपलव्ध गराएको थियो । 

निर्माणको समयमा अत्यधिक ऋण भएपछि कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । 

विसं २०७५ माघ १६ मा महानगरपालिका र फाउण्डेसनबीच भएको सहमति अनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख थियो । 

सहमतिपत्रमा रङ्गशाला निर्माणका क्रममा ऋण लागे फाउण्डेसन वा महानगर कसको दायित्वमा पर्ने उल्लेख नभएकाले समस्या भएको उनको भनाइ छ । “रङ्गशालाको ऋण तिर्नुपर्ने छ, यसका लागि उपायको खोजी भइरहेको छ,” उनले भनिन् । निर्माण अगाडि बढाउने विषयमा प्रधानमन्त्री, युवा तथा खेलकुदमन्त्री, नेपाल सरकारका मुख्य सचिव, खेलकुद मन्त्रालयका सचिवसँग निरन्तर छलफल भइरहेको बताउदै ऋणको व्यवस्थापन हुनासाथ निर्माण अगाडि बढाइने प्रमुख दाहालले बताए ।

सङ्घीय सरकारले रङ्गशाला निर्माणका लागि रू २२ करोड र प्रदेश सरकारले रू पाँच करोड बजेट विनियोजन गरिसकेको छ भने भरतपुर महानगरपालिकाले आन्तरिक आयबाट रू आठ करोड खर्च गरिसकेको छ । निर्माणका क्रममा लागेको ऋण तिर्ने उपाय नजुट्दा काम ठप्प भएको  दाहालको भनाइ छ ।
 
रङ्गशाला निर्माणको काम महानगरको प्रथामिकतामा रहेको बताउँदै उनले सरकारी तवरबाट ऋण तिर्ने व्यवस्था हुन नसके फाउण्डेसनले फेरि अर्को अभियान चलाएर तिर्नुपर्ने बताए । यसअघि फाउण्डेसनले निर्माणको जिम्मा लिएपनि रकम परिचालन भने महानगरपालिकाले नै गर्दै आएको थियो ।  
 
फाउण्डेसनले महानगरपालिकालाई रङ्गशाला हस्तान्तरण गर्दा ३५ प्रतिशत काम सम्पन्न भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखा मिडियाका संचालक छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहर...

रामेछापमा बोलेरो दुर्घटनामा एकको मृत्यु, चार गम्भीर

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटना हुँ...

पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ?

काठमाडौँ । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने देखिएको छ । अहिलेसम्म प्राप्त नजिता अनुसार वामपन्थ...

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर...

कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को ...

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २...

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेको छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।...

सुदूरपश्चिमको बजेट बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१...

लुम्बिनीका मुख्यन्त्रीले दिए कर्मचारीलाई १४ बुँदे निर्देशन

देउखुरी । मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लगाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब आफ्नो ध्यान आर्थिक अनुशासन र मितव्ययिता ...

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy