Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्छ : अध्यक्ष नेपाल

खबरडबली संवाददाता
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने बताएको छन्। पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा उहाँले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिरमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए । 
 
उनले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव पेस गर्नसमेत सुझाव दिए । अध्यक्ष नेपालले सङ्गठनले नेपालमा रहेका मुस्लिम समुदायका अवस्था तथा उनीहरूका समस्या समाधान गर्न सहयोग गर्नुपर्ने बताए।
 
नेकपा ९एकीकृत समाजवादी०का उपमहासचिव  तथा मोर्चा फाँट प्रमुख विजय पौडेलले उक्त समुदायमा हुने गरेका अन्याय, अत्याचारका विरुद्ध सङ्गठनले देशभर अभियान सञ्चालनमा सक्रियता देखाउनुपर्ने बताए। पार्टीका अर्का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठनले पार्टी केन्द्रीय कार्यालयमा आफ्नो सुझाव पेस गर्दा प्रचार विभागलाई समेत जानकारी गराउँदा त्यसको प्रचारप्रसारमा सहयोग पुग्ने विचार व्यक्त गरे ।
 
सङ्गठनका अध्यक्ष ताज मोहम्मद मियाँको अध्यक्षतामा बसेको बैठकले सचिवालयको बैठक आगामी फागुन १५ गतेभित्र अधिवेशन सम्पन्न गर्ने, प्रदेश कमिटीको बैठक यही माघ मसान्तभित्र सम्पन्न गर्ने, जिल्ला भेला आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने, नयाँ सदस्यता वितरण कार्य फागुनदेखि सुरु गर्ने, विधान मस्यौदा तत्काल छपाइ गर्ने र सदस्यता पत्र छपाइ कार्य अघि बढाउने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको इञ्चार्जमा मोहम्मद अब्दुल र कर्णाली प्रदेशको इञ्चार्जमा अनारकली मियाँलाई जिम्मेवारी तोकेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखा मिडियाका संचालक छविलाल जोशी पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहर...

रामेछापमा बोलेरो दुर्घटनामा एकको मृत्यु, चार गम्भीर

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटना हुँ...

पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ?

काठमाडौँ । श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने देखिएको छ । अहिलेसम्म प्राप्त नजिता अनुसार वामपन्थ...

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर...

कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को ...

नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २...

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेको छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।...

सुदूरपश्चिमको बजेट बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१...

लुम्बिनीका मुख्यन्त्रीले दिए कर्मचारीलाई १४ बुँदे निर्देशन

देउखुरी । मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिता लगाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब आफ्नो ध्यान आर्थिक अनुशासन र मितव्ययिता ...

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy