Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : वरिष्ठ नेता पौडेल

रेमिमट्यान्सले कति दिन धान्छ ?

खबरडबली संवाददाता

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताएको छन् । 

प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिदै उनले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याए । 

मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच गहिरो एकताको खाँचो रहेको बताए । 

“राष्ट्रिय सहमति गरौँ, सबैले मिलेर राष्ट्र निर्माण गरौँ, देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा जुटौँ”, उनले भने, “नेपालको आकाशबाट निरासाको कालो बादल हटाउन राष्ट्रिय सहमतिको वातावरण बनाऔँ ।” 

आफू पहिलेदेखि नै राष्ट्रिय सहमतिको पक्षमा रहेको जनाउँदै उनले देशलाई अप्ठयारो परेको अवस्थमा सबै राजनीतिक दल एक हुनुपर्ने बताए । “देशमा सुशासनको आवश्यकता छ । अहिले कुशासन व्याप्त छ । हामीले शासनप्रणाली विकेन्द्रित ग¥यौँ, तर भ्रष्टाचार तलसम्म गएको छ”, नेता पौडेलले भने “एउटा दलको आड लागेर भ्रष्टाचारी जोगिने अवस्था छ । त्यसलाई निरुत्साहित गर्न सबै दल एक ठाउँमा उभिनु जरुरी छ । सुशासनका लािग एकताका आवश्यकता छ ।”

मुलुकको विकासका लािग आर्थिक स्रोतका कमी हुँदै गएको जनाउँदै उहाँले अनुदान दिने प्रवृत्ति पनि कम हुँदै जाँदा मुलुकको विकास निर्माण प्रभावित हुन सक्ने खतरा रहेको औल्याए । “अर्थतन्त्र धान्न नसक्ने अवस्थातर्फ जाने देखिँदै छ । सामाजिक सुरक्षाको खर्च बढिरहेको छ । यो खर्च कसरी उठाउने ?”, उनले भने, “निर्मम शैली अपनाएर खर्च कटौती गर्नु जरुरी छ ।”

विप्रेषण ९रेम्यिान्स०को भरमा मात्र मुलुक चल्न नसक्ने उल्लेख गर्दै उहाँले विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा खर्च गर्ने वावावरण बनाउन आग्रह गरे । “रेमिमट्यान्सले कति दिन धान्छ ?रेमिटयान्स आउँछ उत्पादन क्षेत्रमा खर्च भइरहेको छैन । अनुत्पादन क्षेत्रमा खर्च भइरहेको त्यसलाई उत्पादन क्षेत्रमा मोड्ने कसरी ?”, नेता पौडेलले भने, “त्यसका लागि सबै दलहरु एक हुनुपर्ने आवश्यकता छ ।” 

प्राप्त राजनीतिक उपलब्धिलाई चुनौती दिने तत्व अझै जुर्मुराइरहेको जनाउँदै उहाँले संविधान ल्याउन लागेको दलहरु प्राप्त उपलब्धि जोगाउन एक ठाउँमा हुने की नहुने ? भन्ने प्रश्न आमरुपमा उठेको बताउनुभयो । “कांग्रेस र कम्युनिष्ट मिलेर नेपालमा प्रजातन्त्र र लोकतन्त्र आएको हो, अब त्यसलाई रक्षा गर्न कांग्रेस र कम्युनिष्ट एक ठाउँमा हुने की नहुने ?”उनले भने । 

दलहरुको विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको जनाउँदै उहाँले लोकतन्त्रलाई जोगाएर अगाडि लैजान सहमतिको आवश्यकता रहेको बताए । “सामाजिक, सांस्कृति मूल्यको स्खलन डरलाग्दो छ । यसबाट मुक्त हुन एक हुने कि नहुने”, उनले भने, “निरासाका घन्टीहरु बढिरहेका छन्, नकारात्मक प्रवृत्ति आइरहका छन्, ती असन्तुष्टिलाई सम्बोधन गर्ने दायित्व हाम्रो हो कि होइन ?”

पछिल्ला समय मुलुकमा राजनीतिक नेतृत्वको अभाव र राष्ट्रिय आत्मविश्वासको अभाव हुँदै गएको महसुस हुन थालेको उहाँको भनाइ छ । “सत्ताको राजनीतिको दबदबा, निष्ठाको राजनीतिक किनारा लाग्दै गएको छ । निष्ठाको राजनीतिलाई जोगराउन एकताको खोजी गर्नुपर्नेछ”, नेता पौडेलले भने, “नेतृत्वले विश्वास गुमाएको अवस्था हो । त्यसलाई महसुस गरौँ ।” सकारात्मक सोच, सहमति ,सहकार्यको सोचबाट मात्रै राष्ट्रिय नेतृत्व प्राप्त हुन सक्ने उनको विश्वास छ । 

विधिको शासन नै लोकतन्त्र भएको जनाउँदै उनले विधिको सशासनलाई सबैले मान्नुपर्ने बताए । “सभामुखले पूर्वाग्रही विचार राख्नु हुँदैन, यसबाट जोगिएर काम गर्नुहोला । सभामुखले निष्पक्षरुपमा काम गर्दा संसदमा आरोपप्रत्यारोप हुनसक्छ, त्यसतर्फ सचेत हुनुपर्छ”, उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending