काठमाडौ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु १५ हजार जरिवानासहित दण्डित गरेको छ ।
सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम श्री परशुराम साहले प्रमुख यादवसमक्ष सूचना माग गर्दा सूचना उपलब्ध नगराएवापत सिरहा नपा–७ निवासी प्रमुख प्रशासकीय अधिकृत यादव दण्डित भएको हो ।
आयोगको २०७९ माघ १२ गते बसेको इजलासले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा ९१० बमोजिम सूचना नदिएवापत अधिकृत यादवलाई रु १५ हजार जरिवानासहित कारबाही गरेको हो । सूचनाको हकसम्बन्धी ऐनबमोजिम माग गरिएबमोजिको सूचना उपलब्ध नगराउने सार्वजनिक निकायका प्रमुख कारबाहीको भागीदार हुने स्पष्ट गर्दै पटक–पटक चेतावनीसहितको आदेश हुँदा पनि सूचना नदिई कानून उल्लङ्घन गरेकाले कारबाही गरेको विज्ञप्तिमार्फत आयोगले स्पष्ट गरेको छ ।
लोकतान्त्रिक शासन व्यवस्थामा सर्वसाधारण नागरिकलाई सार्वजनिक निकायबाट भए÷गरेका कामका बारेमा थाहा पाउने, जान्न पाउने अधिकार हुने, सार्वजनिक निकायलाई पारदर्शी हुन, कानून र नागरिकप्रति जवाफदेही तथा उत्तरदायी बनाउन पनि सघाउ पुग्ने, सुशासन कायम गर्न मद्दत पुग्ने, सर्वसाधारण नागरिकले कुनै सार्वजनिक निकायमा सूचना माग गर्दा सम्मानपूर्वक सूचना उपलब्ध गराउनु कानूनी व्यवस्था सुनिश्चित गरिएको सन्दर्भमा सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्था उल्लङ्घन गर्ने जो–कोही कानूनबमोजिम दण्डित गरिने आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - २०:५१
काठमाडौं । आगामी वैशाख १० मा हुने उपनिर्वाचन बारा–२ मा नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । शनिबार भएको पदाधिकारी बैठकम...
चैत्र ११ गते, २०७९ - २०:४३
तनहुँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताएका छन् । नेकपा (एमाले) तनहुँ ...
चैत्र ११ गते, २०७९ - २०:२६
काठमाडौँ । सरकारलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा छलफल भएको छ । शनिबार साँझ सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको ब...
चैत्र ११ गते, २०७९ - २०:१२
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । ...
चैत्र ११ गते, २०७९ - १९:२९
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई ...
चैत्र ११ गते, २०७९ - १९:१८
काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्। कर्णाली प्र...
चैत्र ११ गते, २०७९ - १८:५७
बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको ...
चैत्र ११ गते, २०७९ - १८:२८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्ने भएका छन् ...
चैत्र ११ गते, २०७९ - १८:००
काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलो भएको बताएका छन्। शनिबार क...
चैत्र ११ गते, २०७९ - १७:४४
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वर्द्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिब...
प्रतिकृया लेख्नुहोस्: