Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त : मुख्यमन्त्री अधिकारी

खबरडबली संवाददाता

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरूबाट प्रस्तुत मन्त्रालयगत बिफ्रिङमा उहाँले पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य सर्त भएको बताए । 

मुख्यमन्त्री अधिकारीले सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सीमित नराखी व्यवहारमा देखिने गरी कार्य गर्न निर्देशन दिए । आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु फछ्र्यौट एवं नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल गर्न उहाँले आग्रह गरे। उनले भने, “आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु फछ्र्यौट गर्न एवं नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल आवश्यक छ । प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्ने सम्बद्ध सबै जिम्मेवार भएर लाग्नुहोला ।”

मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन छरितो संरचना बनाउने निर्णय भइसकेको र सबै मन्त्रालय र कार्यालयले वस्तुनिष्ठ सङ्गठन संरचना निर्माण गर्न प्रमुख सचिवको अध्यक्षतामा गठित सङ्गठन तथा व्यवस्थापन समितिलाई सहयोग गर्न आग्रह गर्नुभयो । “जग्गा प्राप्तिको समस्याले रोकिएका आयोजना तथा कार्यक्रम के–के छन् र तीनको सम्भाव्यता छ कि छैन रु ठोस सुझाव प्रस्तुत गर्नुहुन निर्देशन गर्दछु । विकास आयोजनालाई गरिबी हटाउँदै समृद्धिको आधारका रूपमा सञ्चालन गर्न आयोजनाको प्राथमिकीकरण गरी तहगत सरकारका आयोजना र कार्यक्रमसँग दोहोरोपना नुहने गरी मात्र कार्य अगाडि बढाउनु आवश्यक छ”, मुख्यमन्त्री अधिकारीले भने ।

समपूरक, विशेष र वित्तीय समानीकरण अनुदानको गुणात्मकता ल्याउन समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणा व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना आवश्यक पर्ने उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले यही माघ १० गते मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि मन्त्रालयको कार्यप्रगतिका बारेमा जानकारी लिए। गण्डकीमा यसअघि १२ मन्त्रालय रहेकामा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालयमात्र बनाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कार्कीले गरिन् एनपिएलको उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेको छिन् । उद्घाटन कार्यक्रममा उनल...

नागरिक समाजका नेताहरूसँग प्रधानमन्त्रीले भनिन् : भड्काउपूर्ण अभिव्यक्तिविरुद्ध नागरिक खबरदारी आवश्यक

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको वातावरणलाई ध्रुवीकृत गर्ने र हिंसाका घटनाले बिथोल्ने जोखिमप्रति सरकार सचेत रहेको बताएकी छन्। ...

नेकपाको ‘एकता सन्देश सभा’ कार्यक्रम सार्वजनिक, मंसिरभर देशव्यापी सभा

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभर ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सोमबार जा...

आजबाट सुरु हुने एनपीएलको सुरक्षाका लागि १५ सयभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको ...

अस्ट्रेलियाद्वारा टर्कीसँग संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन सह-आयोजनाको प्रस्ताव अस्वीकार

सिड्नी।अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन (कोप-३१) का लागि टर्कीद्वारा गरिएको सह-आयोजनाको प्रस्ताव सोमबार ...

मधेश प्रदेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्ति तत्काल नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले मधेश प्रदेशका...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

ढाका । बंगलादेशको अदालतले गत वर्ष विद्यार्थी आन्दोलन दबाउने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको स...

वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन, निर्धक्क भएर सेवा लिन स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतमले सोमबार वीर अस्पतालको अनुगमन गर्दै यस अस्पतालको सेवा कुनै पनि निजी अस्पतालको भन्दा कम नभएको दा...

एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौँ। एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको ...

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्थानीय अदालतले मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ। अदालतको ठहरअनुसार, गत वर्ष आरक्षणको विर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending