महोत्तरी । कर्तव्य ज्यान मुद्दामा फरार रहेका महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित लक्ष्मी कोइरी महतोको बचाउमा प्रदर्शन भएको छ ।
मधेस आन्दोलनका क्रममा प्रहरी असई थमन विकको हत्या अभियोगमा फरार रहेका कोइरीको बचाउमा एमाले र कोइरी समाज लागेको हो । कोइरी एमालेका सांसद हुन् भने उनी प्रहरीको फरार सूचीमा रहेका छन् । तर, उनको बचाउमा एमाले र कोइरी समाजमा उत्रिएको छ। कोइरीमाथि झुट्टा मुद्दा लगाएको भन्दै नागरिक समाजको सहारामा नेकपा एमाले प्रदर्शनमा उत्रिएको हो ।
माघ ११ मा जनकपुरमा प्रदर्शन गरेको एमालेले अभियुक्त कोइरीको गाउँ गौशालामा सोमबार पनि नागरिक समाजको नाममा नै प्रदर्शन भएको छ। कुशाहा कल्याण समाज नामक कोइरी जातीय समूहले सांसद महतोलाई झुट्टा मुद्दा लगाएको बताउँदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
मधेस आन्दोलनका क्रममा मधुमेह र उच्च रक्तचापको समस्याका कारण घरमै स्वास्थ्य लाभ गरिरहेका बेला भएको असई थमनको हत्यामा सांसद कोइरीको कुनै संलग्नता नरहेको कुशाहा कल्याण समाजले दाबी गरेको छ ।
नेकपा एमालेबाट महोत्तरी क्षेत्र न.१ मा निर्वाचित भएका संसद् कोइरीलाइ पक्राउ गर्न प्रहरीले सक्रियता बढाएपछि उनी पुनः फरार भएका छन् । केहीले उनी भारतको पटना रहेको बताए पनि उनी कहाँ छन् भन्ने प्रहरीले यकिन गर्न सकेको छैन ।
२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि उनलाई जेल चलान गर्न आदेश दिएको थियो। तर, फरार रहेकै बेला गत मङ्सिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । केही साताअघि सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन पनि दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - ११:०५
काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...
चैत्र ११ गते, २०७९ - १०:३५
महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...
चैत्र ११ गते, २०७९ - १०:३२
काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
चैत्र ८ गते, २०७९ - १३:०५
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...
चैत्र ४ गते, २०७९ - ०९:२९
काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ । शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...
चैत्र ४ गते, २०७९ - ०८:४०
काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा ...
चैत्र ४ गते, २०७९ - ०८:३६
काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको प...
फाल्गुन ११ गते, २०७९ - १४:२६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा...
फाल्गुन ९ गते, २०७९ - १४:०८
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोज...
फाल्गुन ९ गते, २०७९ - १०:५९
काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । ...
प्रतिकृया लेख्नुहोस्: