Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

संसद्को भूमिका जनउत्तरदायी बनाइनुपर्छ : सभामुख घिमिरे

खबरडबली संवाददाता

काठमाडौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याएको छन् । 

जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उनले सांसदलाई अनुरोध गरे।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखिकरण कार्यक्रमको आज उद्घाटन गर्दै सभामुख घिमिरेले संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । 

उनले भने, “संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ ।”

उनले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे। 

“संसद्को सर्वोच्च निकाय संसद्प्रति देशले आशा गरेको छ । संसद्को आफ्नै प्रक्रिया र अभ्यास छ । विषयगत र जनउत्तरदायी भएर संसदीय काम कारबाहीलाई जनताप्रति जवाफदेही र पारदर्शी ढङ्गले अघि बढाउन दुई दिने अभिमुखिकरणले मद्दत पुग्ने विश्वास लिएको छु”, उनले भने ।

उनले संसद्मा प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढङ्गबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गरे। संसद्लाई प्रभावकारी बनाउने भूमिका सरकारको रहेको उल्लेख गर्दै सरकारका ऐन, कानुन बनाउने, देशको बजेट निर्माणलगायतका काम गर्दै प्रतिपक्षी दललाई पनि समन्वय गरेर लैजान सरकारको पनि जवाफदेहिता जरुरी भएको धारणा राखे। 

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले संसदीय प्रक्रिया र अभ्यासको व्यवहारिक कार्यान्वयन गर्दै संसदीय गरिमा कायम गर्न सबैको सक्रिय भूमिका चाहिने औँल्याए। 

उनले संसदीय अभ्यासमा आफ्नो पहिलो उपस्थिति रहेको भन्दै संसदीय प्रक्रिया र अभ्यासको विद्यार्थीका रुपमा रहेर जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे। “संसदीय प्रक्रिया र अभ्यासमा मेरो पहिलो उपस्थिति हो । संवैधानिक अभ्यास अवलम्बनको अहिलेसम्म आइपुग्दा ठूलो उपलब्धि हो”, उनले भने।  

संसद्को प्रभावकारी भूमिका र गरिमा बढाउन संसदीय प्रक्रिया र पद्धत्तिको कुशल अवलम्बन गरेर मात्रै संसदीय दायित्व निर्वाह हुने र जनताप्रति उत्तरदायी हुने भएकाले यहाँ प्रस्तुत हुने व्यवहार र विचारलाई मर्यादित र संसदीय व्यवहारअनुरुप हुनुपर्ने उनको भनाइ छ । 

उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उँचो बनाउन सांसदहरुको प्रभावकारी भूमिका हुने विश्वास व्यक्त गरे। उनले भने, “म आफू पनि संसदीय अभ्यास सिक्ने क्रममा छु, शब्द चयन, विषयवस्तुमाथि विचार र अभिव्यक्ति व्यक्त गर्दा सचेत हुनुपर्छ ।” 

उपसभामुख रानाले संसद्मा उपसभामुखको भूमिका प्रभावकारी बनाउनुपर्ने बताए। “म उपसभामुख भएर देशका विभिन्न स्थानमा सरोकारवालासँग कुराकानी गर्दौ उपसभामुख ‘चुप’ मात्र रहेको भन्ने गुनासो पाएको छु, ‘उप–चुप’ होइन ‘उप उपर जाने’ हो भन्दै आएकी छु ।” जनप्रतिनिधिले जनताको चाहना अनुरुप संसदीय प्रक्रिया र प्रणालीमार्फत् जनउत्तरदायी बन्नुपर्ने उनको भनाइ छ । 

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले संसदीय प्रक्रिया र अभ्यासबारे सांसदलाई अभिमुखिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

उनले संसद्को प्रमुख कार्य सरकार गठन, कानुन निर्माण, सरकारको नीति तथा कार्यक्रममा छलफल, वार्षिक बजेट निर्माण तथा सरकारको काम कारबाहीको निगरानी गर्दै सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने प्रमुख भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संसद्को मर्यादा र सांसदको भूमिका विषयमा प्रशिक्षण दिनेछन् । संसदीय प्रक्रिया र अभ्यासबारे पूर्वउपसभामुख पुष्पा भुसालले प्रस्तुति दिनुहुनेछ भने संसदीय समिति प्रणाली, अभ्यास र संसदीय निगरानीबारे वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य खिमलाल देवकोलाले प्रशिक्षण दिनुहुनेछ ।

त्यसैगरी, पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण, आर्थिक कार्यविधि र संसद्को भूमिका विषयमा प्रस्तुति दिनेछन्। नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेती र संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले प्रशिक्षण दिने कार्यतालिका छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा तथ्यका आधारमा प्रधानमन्त्रीले पुष्टि गर्न सक्नुपर्छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछ: गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...

धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ राष्ट्रवादी अभियानको घोषणा

काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...

निजी विद्यालय शुल्कमा ३ प्रतिशत योगदान सामाजिक समानताका लागि: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...

प्रतिनिधि सभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending