NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

संसद्को भूमिका जनउत्तरदायी बनाइनुपर्छ : सभामुख घिमिरे

खबरडबली संवाददाता

काठमाडौ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याएको छन् । 

जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उनले सांसदलाई अनुरोध गरे।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखिकरण कार्यक्रमको आज उद्घाटन गर्दै सभामुख घिमिरेले संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । 

उनले भने, “संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ ।”

उनले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे। 

“संसद्को सर्वोच्च निकाय संसद्प्रति देशले आशा गरेको छ । संसद्को आफ्नै प्रक्रिया र अभ्यास छ । विषयगत र जनउत्तरदायी भएर संसदीय काम कारबाहीलाई जनताप्रति जवाफदेही र पारदर्शी ढङ्गले अघि बढाउन दुई दिने अभिमुखिकरणले मद्दत पुग्ने विश्वास लिएको छु”, उनले भने ।

उनले संसद्मा प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढङ्गबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गरे। संसद्लाई प्रभावकारी बनाउने भूमिका सरकारको रहेको उल्लेख गर्दै सरकारका ऐन, कानुन बनाउने, देशको बजेट निर्माणलगायतका काम गर्दै प्रतिपक्षी दललाई पनि समन्वय गरेर लैजान सरकारको पनि जवाफदेहिता जरुरी भएको धारणा राखे। 

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले संसदीय प्रक्रिया र अभ्यासको व्यवहारिक कार्यान्वयन गर्दै संसदीय गरिमा कायम गर्न सबैको सक्रिय भूमिका चाहिने औँल्याए। 

उनले संसदीय अभ्यासमा आफ्नो पहिलो उपस्थिति रहेको भन्दै संसदीय प्रक्रिया र अभ्यासको विद्यार्थीका रुपमा रहेर जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे। “संसदीय प्रक्रिया र अभ्यासमा मेरो पहिलो उपस्थिति हो । संवैधानिक अभ्यास अवलम्बनको अहिलेसम्म आइपुग्दा ठूलो उपलब्धि हो”, उनले भने।  

संसद्को प्रभावकारी भूमिका र गरिमा बढाउन संसदीय प्रक्रिया र पद्धत्तिको कुशल अवलम्बन गरेर मात्रै संसदीय दायित्व निर्वाह हुने र जनताप्रति उत्तरदायी हुने भएकाले यहाँ प्रस्तुत हुने व्यवहार र विचारलाई मर्यादित र संसदीय व्यवहारअनुरुप हुनुपर्ने उनको भनाइ छ । 

उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उँचो बनाउन सांसदहरुको प्रभावकारी भूमिका हुने विश्वास व्यक्त गरे। उनले भने, “म आफू पनि संसदीय अभ्यास सिक्ने क्रममा छु, शब्द चयन, विषयवस्तुमाथि विचार र अभिव्यक्ति व्यक्त गर्दा सचेत हुनुपर्छ ।” 

उपसभामुख रानाले संसद्मा उपसभामुखको भूमिका प्रभावकारी बनाउनुपर्ने बताए। “म उपसभामुख भएर देशका विभिन्न स्थानमा सरोकारवालासँग कुराकानी गर्दौ उपसभामुख ‘चुप’ मात्र रहेको भन्ने गुनासो पाएको छु, ‘उप–चुप’ होइन ‘उप उपर जाने’ हो भन्दै आएकी छु ।” जनप्रतिनिधिले जनताको चाहना अनुरुप संसदीय प्रक्रिया र प्रणालीमार्फत् जनउत्तरदायी बन्नुपर्ने उनको भनाइ छ । 

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले संसदीय प्रक्रिया र अभ्यासबारे सांसदलाई अभिमुखिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

उनले संसद्को प्रमुख कार्य सरकार गठन, कानुन निर्माण, सरकारको नीति तथा कार्यक्रममा छलफल, वार्षिक बजेट निर्माण तथा सरकारको काम कारबाहीको निगरानी गर्दै सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने प्रमुख भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संसद्को मर्यादा र सांसदको भूमिका विषयमा प्रशिक्षण दिनेछन् । संसदीय प्रक्रिया र अभ्यासबारे पूर्वउपसभामुख पुष्पा भुसालले प्रस्तुति दिनुहुनेछ भने संसदीय समिति प्रणाली, अभ्यास र संसदीय निगरानीबारे वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य खिमलाल देवकोलाले प्रशिक्षण दिनुहुनेछ ।

त्यसैगरी, पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण, आर्थिक कार्यविधि र संसद्को भूमिका विषयमा प्रस्तुति दिनेछन्। नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेती र संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले प्रशिक्षण दिने कार्यतालिका छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशसभा बैठक १० गतेका लागि सारियो

मकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत १० सम्मको लागि सारिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि १० गते ...

राष्ट्रियसभा शून्य समय : छुवाछूत र विभेद अन्त्य गर्न माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा उनीह...

तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित एक सय ४० मेगावट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको एसियाली विकास बैंक ९एडिबी० र नेपाल विद्य...

जनयुद्धको बेलामा भएका अन्तरजातीय विवाह सम्बन्ध विच्छेद हुनेतिर गए : प्रचण्ड

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धका बेला भएका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गएको बताएका छन् । बुधबार राष्ट्रिय...

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : माओवादी

बुटवल । लुम्बिनीमा प्रदेशमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी संसदीय दलक...

कोशी प्रदेशले किसानलाई दूधमा अनुदान दिने

झापा । कोशी प्रदेशमा दूध उत्पादन गर्ने किसानलाई प्रदेश सरकारले प्रतिलिटर रु दुईका दरले अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्प...

पूर्व राजा ज्ञानेन्द्र भेट्न राप्रपाका शीर्ष नेताहरु झापा पुगे

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भेट्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरु झापाको दमक पुगेका छन् । बुधबार दिउँसो भएको भेटमा...

सांसदले सुनाए दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा

काठमाडौँ । दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।  दलित समुदायका मानिसला...

तनहुँ–१ मा उपनिर्वाचनको तयारी सुरु

तनहुँ । तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले तनहुँ–१ मा आगामी वैशाख १० गते उपनिर्...

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुने भएको छ। पक्राउ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page