NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिएको छन् । 

स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उहाँले खुला सिमानाका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भन्दै बुस्टर डोजलाई छिटोभन्दा छिटो लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।  

“बुस्टर डोज लगाउन ढिला भइसक्यो । किन ढिला भयो,” उनले भने, “आवश्यक कार्ययोजना बनाएर तत्काल बुस्टर डोज लगाउनका लागि प्रबन्ध गर्नुहोस् ।”

मन्त्री गिरीले खरिद प्रक्रिया धेरै संवेदनशील विषय भएकाले शतप्रतिशत पारदर्शिता हुने गरी काम गर्न निर्देशन दिए। भोलिका दिनमा कतै खरिद प्रक्रियाका सन्दर्भमा प्रश्न उठे स्वयम् जवाफदेही हुनुपर्ने उनको भनाइ थियो । 

उनले स्वास्थ्य संस्था सूचना प्रविधिमैत्री बनाउन आग्रह गर्दै बिरामीले घरबाटै कुन अस्पतालमा कति सघन उपचार कक्ष ९आइसियु० शय्या खाली छ भनेर थाहा पाउनुपर्ने बताए ।

उनले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी परिवर्तन ल्याउनु आवश्यक रहेको बताए । “विभागले जति जनताप्रति उत्तरदायी भएर काम गर्छ त्यति नै जनताले स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन्”, उनले भने। मन्त्री गिरीले विभागमा रहेका महाशाखाले आफूमा भएको कमिकमजोरी सुधार गर्दै सेवा प्रवाहलाई पारदर्शि र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

उनले विभागबाट धेरै उपकरण अस्पतालमा पठाए पनि ती प्रयोग नभएको गुनासो आफूले सुन्ने गरेको भन्दै उपलब्ध उपकरणका बारेमा अवस्थाबुझि काम गर्न सम्बन्धित सबैलाई निर्देशन समेत दिए ।

विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले समग्र विभागको बारेमा जानकारी गराएको थिए । अनुगमनका क्रममा महाशाखाका निर्देशकले आफ्नो महाशाखाका दिने सेवाका बारेमा मन्त्री गिरीलाई जानकारी गराउनु भएका थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहसहित तीन मन्त्रालय पाए सरकारमा जान्छौ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले  गत पुस  १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्ने जनाएको छ । पार्टीका प्रवक्ता मुकुल ढकालले सरकारलाई विश...

काठमाडौंको चक्रपथमा ४ सवारी साधन ठोक्किए, ८ जना घाइते

काठमाडौं । काठमाडौंको चक्रपथस्थित  चार वटा सवारी साधन आपसमा ठोक्किदा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालक...

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपतिले शिक्षण अस्पताल पुगेर स्व...

भारतमा देह व्यापारमा लगाइएका १० नेपालीको उद्धार

काठमाडौँ । मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरुको उद्धार गरिएको छ ।बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्य...

सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ । बिहीबार बसेको लोसपाको बैठक...

बजार अनुगमन गरेर राजश्व छली रोक्ने कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीह...

सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमि...

संसदमा ढ्यापढ्यापे समयको नाम फेर्न संशोधन गर्न सांसद सापकोटाको प्रस्ताव

काठमाडौँ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले टेबल ढ्याप ढ्याप पारेर लिने समयको नाम फेर्न संशोधन प्रस्ताव दर्ता ग...

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेक...

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँ गाउँमा पुगेको बताएका छन् ।  ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Jobkhoji Salt Trending Detail Page