Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

जरिवाना बापत्त १३६ उम्मेदवारले बुझाए साढे ४ करोड

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई समयमै चुनावी खर्च विवरण नबुझाएका १३६ उम्मेदवारहरुले जरिवाना बापत्त साढे ४ करोड बुझाएका छन् ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने उम्मेदवारहरू १ लाख २३ हजार ६२४ जना छन् ।  शुक्रबारसम्म १३६ जनाले जरिवाना बापत्तको रकम बुझाएका हुन् ।


निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरका वडा सदस्य तथा वडाध्यक्षका उम्मेदवारले ३ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ ।

उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले साढे ५ लाख तथा वडाध्यक्ष र वडा सदस्य उम्मेदवारले साढे २ लाख, नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले साढे ४ लाख तथा वडाध्यक्ष र वडा सदस्य उम्मेदवारले २ लाख जरिवाना तिर्नु पर्ने गरी आयोगले जरिवाना रकम तोकेको छ । 

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारले साढे ३ लाख तथा वडा सदस्य र वडाध्यक्षका उम्मेदवारले डेढ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने हुन्छ ।


निर्वाचन आयोगले आगामी फागुन मसान्तसम्म जरिवाना रकम बुझाउन भनेको छ । आयोगले तोकेको जरिवाना नतिर्ने उम्मेदवार निर्वाचित भएको भए पनि पद जानेछ ।

निर्वाचित वा पराजित जे भए पनि जरिवाना नतिर्ने उम्मेदवारले आगामी ६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन पाउने छैनन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाई आइतबार रातीनै अस्पताल भर्ना

काठमाडौं । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । उनी आइतबार रातीनै वीर अस्पताल भर्ना भएका हुन् । आइतबार प्...

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च अदालत पुगेका छन् ।  निवेदन सर्वोच्चमा पेस भएक...

इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह

बेइजिङ। इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आ...

जापानमा भारी वर्षाका कारण छ जनाको मृत्यु

टोकियो। जापानको इशिकावा प्रान्तमा भारी वर्षाका कारण छ जनाको मृत्यु हुनुका साथै दश जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धा...

ठमेलमा गुण्डागर्दी गर्ने ६३ जना पक्राउ

काठमाडौँ। काठमाडौँको ठमेलबाट ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत लैनचौर सोह्रखुट्टेले ठमेलस्थित एक रेस्टुरेन्टबाट आइतबार राति ६३ जनालाई निय...

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् ।  मित्रराष्ट्र ग्रीसको एथेन्समा युएस ड्रग इन्फोर्समे...

छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

लेखनाथ। कास्कीको पोखरा महानगरपालिका –४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थ...

जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी

काठमाडौं।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ ...

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

काठमाडौँ । श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर ९एनपीपी० गठबन्धनका प्रमुख समेत ...

काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ  । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy