Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसकिने

खबरडबली संवाददाता

काठमाडौ । भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसक्नेमा सरोकार भएकाले जोड दिएका छन् ।

नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपालले आज यहाँ संयुक्तरूपमा आयोजना गरेको सर्वोच्च बार एसोसियसनमा निर्वाचित पदाधिकारी एवं सदस्यको स्वागत तथा रचना पाठ कार्यक्रममा साहित्यिक सृजनाले कानून व्यवसायीलाई पोख्त बनाउने बताएका हुन् । 

कार्यक्रममा नेपालबार एसोसियसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले भाषा, साहित्य बचाउन वकिल पनि लाग्नुपर्ने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशमा अशुद्ध शब्द आएपछि बार पनि आन्दोलनमा उत्रिएर शब्द सच्याउन लगाएको घटना स्मरण गर्दै उनले कानून व्यवसायीकै कारण अशुद्ध शब्द हटेको बताए ।

वरिष्ठ अधिवक्ता हरि उप्रेतीले साहित्यकार दीर्घजीवी र स्वस्थ हुने बताए । मनमा आएका तनावलाई साहित्यकारले सृजनामार्फत अभिव्यक्त गरेर हाँसेर जीवनयापन गर्न सक्ने उनको भनाइ थियो । 

नवनिर्वाचित सर्वोच्च बारका अध्यक्ष गुणनिधि न्यौपानेले नैतिकता, उच्चमनोबल र इमान्दारीका लागि पनि भाषा, साहित्यको आवश्यकता पर्ने बताए । सर्वोच्च बारका नवनिर्वाचित सदस्य रामेश्वर राउत मातृदासले इम्बोस्ड नं प्लेटमा भाषिक अत्याचार भएकाले यस विरुद्ध सबै कानून व्यवसायी लाग्नु पर्नेमा जोड दिए।

कार्यक्रममा साहित्यकार घमा भट्टराई, रामकृष्ण काफ्ले, तुलसीराम पोखरेल, ठाकुराराज आचार्य, रामेश्वर राउत मातृदासलगायतले आ–आफ्ना रचना पाठ गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending