काठमाडौ । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार यहाँ सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गरे।
उनले फोन पेको अफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । “यो नवीनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु”, उनले भने, “क्यूआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पेको अफलाइन फिचर कोशेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गर्दछु ।”
नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीका लागि कार्ययोजना बनाएर अघि बढेको भन्दै उहाँले यसवर्ष सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले कम्तीमा एउटा विद्युतीय भुक्तानी साक्षरता कार्यक्रम गर्नुपर्ने बताए । फोन पेको फिचरमा ग्राहकले इन्टरनेटको प्रयोगबिना भुक्तानी गर्न सक्ने भएकाले ठूलो जनसङ्ख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्ने उनको भनाइ छ ।
राष्ट्र बैंकको ‘लेस क्यास इकोनोमी’ बनाउने अभियान साकार पार्न यसले मद्दत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । फोन पेको अफलाइन भुक्तानीलाई अझै अगाडि बढाएर सबैसामु पु¥याउन बैंक तथा वित्तीय संस्थाले भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको फोन पेका सीईओ दिवश सापकोटाले बताए ।
फोन पेले अनलाइनबाट गिफ्ट दिन मिल्ने नयाँ सुविधा ल्याएको छ । फोन पेले सार्वजनिक गरेका नवीनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यवसायका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ । फोन पेले विगत तीन वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पेमा अहिलेसम्म रु एक करोड ६० लाख प्रयोगकर्ता जोडिएका छन् भने ११ लाखभन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: