काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका रामचन्द्र पौडेललाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।
जनमोर्चाले विज्ञप्तिमार्फत नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको उल्लेख गर्दै अझैपनि यो खतरा कायम रहेकाले कांग्रेसले अगाडि सारेको उम्मेदवारलाई अघि समर्थन गरेको जनाएको छ ।
यस्तो छ जनमोर्चाको विज्ञप्तिको पूर्णपाठ
२०७९ फागुन २५ गते हुन गइरहेको राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारका रुपमा श्री रामचन्द्र पौडेललाई अगाडि सारेको छ । हाम्रो दलले नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएका श्री रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको छ । अहिले पनि नेकपा एमालेको नेतृत्व प्रतिगमनको उद्देश्यबाट पछाडि हटेको छैन । विगतमा २/२ पटक संसद भङ्ग गरेर, ९/९ महिनासम्म संसदलाई चल्न नदिएर, जनताका आवाजहरुलाई संसदमा उठाउनबाट सांसदहरुलाई बञ्चित गरेको कुरा सबैको अगाडि जगजाहेर छ । संसद जनप्रतिनिधि संस्था नभएर प्रधानमन्त्रीको कठपुतली संस्था हो, प्रधानमन्त्रीले चाहेका बखत कुनै पनि बेला भङ्ग गर्न सकिन्छ भन्ने मान्यताबाट एमाले पछाडि हटेको छैन ।
राज्यका सबै प्रमुख पदहरुमा कब्जा गरेर एमालेले देशमा अधिनायकवादको अभ्यास गर्न खोजिरहेको छ । एमालेको उद्देश्य राष्ट्रपति संस्थालाई आफ्नो छुद्र राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने गुरु योजना रहेको छ । विगतमा पनि एमालेले राष्ट्रपति जस्तो सम्मानीत र उच्च संस्थालाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेर राष्ट्रपति संस्थालाई विवादित बनाएर त्यसको छविलाई धुमिल पारेको इतिहास सबैका अगाडि स्पष्ट नै छ । त्यो स्थिति नदोहोरियोस् भन्नका लागि प्रतिगमनका विरुद्ध रहेका दलहरु मध्येबाट नै राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त हुन्थ्यो । त्यसैले कांग्रेसले अगाडि सारेको उम्मेदवारलाई समर्थन गर्दै विजय गराउनु पर्ने आवश्यकतामा हाम्रो दलले जोड दिन्छ ।
चित्रबहादुर के.सी.
अध्यक्ष
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १८ गते, २०८३ - १७:४९
काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्श...
जेष्ठ १८ गते, २०८३ - १७:२१
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन्। सोमबार प्रतिन...
जेष्ठ १८ गते, २०८३ - १७:१२
काठमाडौं । विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक म...
जेष्ठ १८ गते, २०८३ - १७:०८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रण...
जेष्ठ १८ गते, २०८३ - १६:५५
जाजरकोट । एक महिलामाथि हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता मोहन विक्रम शाही पक्राउ परेका छन्। पक्रा...
जेष्ठ १८ गते, २०८३ - १६:३७
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई गम्भीर र ...
जेष्ठ १८ गते, २०८३ - १६:२७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय हितका वि...
जेष्ठ १८ गते, २०८३ - १५:४४
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा देखिएका समस्या समाधानका प्रयासमा विपक्षी दलहरूको साथ नपाएको गुनासो गरेका छन्। प...
जेष्ठ १८ गते, २०८३ - १५:३१
काठमाडौं । सांसदहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जना...
जेष्ठ १८ गते, २०८३ - १५:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी...



प्रतिकृया लेख्नुहोस्: