काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै थापाले सीमा विवादजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपालको राष्ट्रिय हित कमजोर बनाएको आरोप लगाए।
उनले भने, “हिजो प्रधानमन्त्रीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा जे अभिव्यक्ति दिनुभयो, त्यो निन्दनीय र घोर आपत्तिजनक छ। नेपाली कांग्रेस यसको पूर्ण रूपमा विरोध गर्छ।”
थापाले सीमा विवादका विषयमा देशका निश्चित कूटनीतिक अडान र ऐतिहासिक प्रमाण रहने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले ती अडान कमजोर बनाएको टिप्पणी गरे।
उनका अनुसार छिमेकी मुलुकसँग कूटनीतिक माध्यमबाट समाधान खोज्ने सम्भावना प्रधानमन्त्रीको भनाइले झन् कठिन बनाएको छ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा विवादबारे कूटनीतिक छलफलबाट समाधान खोज्नुपर्ने र दुवै देशले केही विषयमा अध्ययन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए, जसलाई लिएर राजनीतिक दलहरूबीच विवाद चर्किएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १८ गते, २०८३ - १५:४४
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा देखिएका समस्या समाधानका प्रयासमा विपक्षी दलहरूको साथ नपाएको गुनासो गरेका छन्। प...
जेष्ठ १८ गते, २०८३ - १५:३१
काठमाडौं । सांसदहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जना...
जेष्ठ १८ गते, २०८३ - १५:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी...
जेष्ठ १८ गते, २०८३ - १४:५७
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकका क्रममा देखिएको असहज अवस्था र विपक्षी दलहरूको निरन्तर विरोधका बीच सभाको कारबाही अ...
जेष्ठ १८ गते, २०८३ - १४:५१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता नभएसम्म संसद्को कामकारब...
जेष्ठ १८ गते, २०८३ - १४:४७
प्रधानमन्त्रीले देशवासीसमक्ष माफी नमागेसम्म संसद्मा विरोध जारी रहने एमालेको चेतावनी
जेष्ठ १८ गते, २०८३ - १४:४०
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै बैठकमा अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबा...
जेष्ठ १८ गते, २०८३ - १४:३१
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सांसदहरूले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बैठकको क्रममा विभिन्न दलका स...
जेष्ठ १८ गते, २०८३ - १३:३३
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन...
जेष्ठ १८ गते, २०८३ - १३:२४
घोराही। दाङको तुलसीपुर उपमहानगरपालिका–५, गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरप...



प्रतिकृया लेख्नुहोस्: