Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

दूरसञ्चार सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनु अहिलेको आवश्यकता : मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएकी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानूनी तथा संरचनागत रुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र बिस्तार गर्नुपर्ने आवश्यक्ता देखिएको बताइन् ।

उनले दूरसञ्चार क्षेत्र भित्रका विकृति र विसंगतिहरुलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् । उनले ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धताबारे विस्तृत अध्ययन अनुसन्धान गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइटलाई सम्बोधन गर्नुपर्ने बताइन् । 
उनले भनिन्, ‘दूरसञ्चार सेवालाई गुाण्स्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यक्ता हो । दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानूनी तथ संरचनागत रुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र बिस्तार गर्नुपर्ने आवश्यक्ता छ । दूरसञ्चार क्षेत्र भित्रका विकृति र विसंगतिहरुलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेछ ।

ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धता के कति पुगेको छ रु यसको गहिरो अध्ययन गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइटलाई सम्बोधन गर्नुपर्नेछ ।प्राधिकरणबाट ग्रामिण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरुको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्य योजना बनाइ अघि बढ्न अब ढिलो गर्नु हुँदैन ।’

मन्त्री शर्माले प्राधिकरणबाट ग्रामिण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरुको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्य योजना बनाइ अघि बढ्न अब ढिलो गर्नु नहुने पनि उल्लेख गरिन् । मन्त्री शर्माले सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका नविनतम प्रविधिहरुको अध्ययन, अनुसन्धान गरी नीतिगत र कानूनी प्रवन्ध गरेर त्यसको लाभ ग्राहक वर्गले लिने त्यसको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणको गतिलाई अघि बढाउनुपर्ने आवश्यक्ता देखिएको बताइन् । अहिले धेरै क्षेत्रमा पुराना नीति, कानूनी समस्याको रुपमा रहेकाले समायानुकुल अघि बढ्न दूरसञ्चार लगायत समग्र सूचना प्रविधिको क्षेत्रमा कानून परिमार्जन तथा नीति निर्माण गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको मन्त्री शर्माको भनाइ छ । 

उनले भनिन्, ‘कोषको रकमबाट दूरसञ्चार पूर्वाधार र दूरसञ्चार सेवाप्रवाहको प्रभावकारी व्यवस्थाका लागि प्राधिकरणले वस्तुनिष्ठ कार्ययोजना बनाउन आवश्यक छ । प्रविधिमा आएको विकाससँगै एआई, ब्ल्याक चेन, आईओटी, फाइभजी जस्ता नविन प्रविधिहरुको विकास भएको छ ।  नेपालमा विगतको तुलनामा सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा क्रमिक सुधार आएपनि विश्वव्यापी सूचकमा भने अझै धेरै पछि छ । विश्वमानचित्रमा दूरसञ्चारको क्षेत्रमा नेपालको अवस्था सशक्त बनाउनुपर्छ ।

सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका नविनतम प्रविधिहरुको अध्ययन, अनुसन्धान गरी नीतिगत र कानूनी प्रवन्ध गरेर त्यसको लाभ ग्राहक वर्गले लिने त्यसको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणको गतिलाई अघि बढाउनुपर्ने आवश्यक्ता छ । अहिले धेरै क्षेत्रमा पुराना नीति, कानूनी समस्याको रुपमा रहेकाले समायानुकुल अघि बढ्न दूरसञ्चार लगायत समग्र सूचना प्रविधिको क्षेत्रमा कानून परिमार्जन तथा नीति निर्माण गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।’

मन्त्री शर्माले साइबर सुरक्षा, गोपनयिता सुरक्षा र तथ्यांक सुरक्षा कायम गर्न आवश्यक नीतिगत र कानूनी कार्य सरकारले पहिलो प्राथमिकतामा राखेको बताइन् । उनले दूरसञ्चार पूर्वाधारमा भइहरेको अनावश्यक दोहोरो लगानीलाई न्युन गरी दूरसञ्चार सेवा सस्तो बनाउन दूरसञ्चार पूर्वाधार छिटो, छरितो रुपमा बिस्तार गरी सेवा सर्वसुलभ बनाउन र वातावरण संरक्षणका लागि दूरसञ्चारका पूर्वाधार निर्माण तथा प्रयोगलाई व्यवस्थित गर्न दूरसञ्चार पूर्वाधारको सहप्रयोगको नीति अघि बढाउन आवश्यक रहेको उल्लेख गरिन् ।

उनले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भइरको विकाससँगै भूकम्प, बाढी पहिरो, आगलागी जस्ता प्रकोप र विपद्को समयमा पनि दूरसञ्चार सेवालाई निरन्तर सुचारु गरी सबै संरचना एवं पूर्वाधारलाई प्रकोप उत्थानशील हुनेगरी प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।  मन्त्री शर्माले कतिपय कामहरु कानूनको प्रावधानका कारण सम्पन्न हुन नसकेको बताइन् । उनले नियामक निकाय र सेवाप्रदायक संस्थाहरु पनि सेवाग्राहीसँग गम्भीर बन्न जरुरी रहेको स्पष्ट पार्दै मुख्य शहरका अव्यवस्थित तारहरु हटाएर अघि बढ्न आवश्यक रहेको बताइन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको आपत्ति, वार्ताबाट समाधान खोज्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...

उद्योगमन्त्री यादवद्वारा काभ्रेका ग्यास उद्योगको निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...

सदनलाई प्रभावकारी बनाउन प्रतिनिधि सभा बैठक अघि सभामुख र सचेतकबिच छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गरेको छन्। असार ३१ गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक...

पोखराका अस्पतालमा पनि ओपिडी बन्द, बिरामी मर्कामा

लेखनाथ। नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण पोखराका अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) बन्द भएको छ । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा। प्रमोद रामम...

मेयरका छोराले गरे एकै पटक साउनभरिको हाजिर, कहिलेकाहीँ हुने सामान्य त्रुटिू भन्दै सफाइ

सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा। लुस्युनकुमार यादवले साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिर गरेको भेटिए...

भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले भाडामा लाएको आरोप, अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारतीय सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स निजी प्रयोजनमा प्रयोग गरी स...

एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै यस प्रकरणमा पक्राउ पर्न...

सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुनसरीमा आज पनि भारी वर्षको सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सुनसरीमा ९० दशमलव ६ मिलिमिटर वर्षा भएक...

बिरामीको ज्यानसँग आन्दोलन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह, दोषी जेल नपरेसम्म आन्दोलन नरोकिँने चिकित्सकको अडान

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकको आन्दोलन जारी रहँदा स्वास्थ्य तथा जनसंख्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending