Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले भाडामा लाएको आरोप, अदालतमा भ्रष्टाचार मुद्दा दायर

खबरडबली संवाददाता

काठमाडौं । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारतीय सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स निजी प्रयोजनमा प्रयोग गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार यादवले २०७७ असोज १४ गते भारतीय राजदूतावाससँगको सम्झौताअनुसार वडाबासीलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स प्राप्त गरेका थिए। तर उक्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी अभिलेखमा दर्ता नगरी आफ्नै नियन्त्रणमा राखेर निजी सवारीसाधनसरह सञ्चालन गरेको आरोप छ।

आयोगको अनुसन्धानले एम्बुलेन्स ३ वर्ष ५ महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर सञ्चालन भएको देखाए पनि त्यस अवधिको लगबुक, इन्धन खर्च तथा आम्दानीसम्बन्धी कुनै आधिकारिक अभिलेख नराखिएको जनाएको छ। यसरी सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभका लागि प्रयोग गरिएको अख्तियारको निष्कर्ष छ।

नेपाल रेडक्रस सोसाइटी धनुषाले निर्धारण गरेको कच्ची सडकको भाडादरका आधारमा हिसाब गर्दा एम्बुलेन्सको दुरुपयोगबाट रु। १५ लाख ९ हजार २५० बराबरको सार्वजनिक सम्पत्तिमा हानि पुगेको अख्तियारले दाबी गरेको छ।

अनुसन्धानका क्रममा यादवले रु. ३ लाख ८१ हजार ५९७ बुझाए पनि अझै रु। ११ लाख २७ हजार ६५३ असुल गर्नुपर्ने देखिएको आयोगको भनाइ छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो असुल, सोही बराबर जरिवाना तथा कैद सजायको माग गर्दै मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काङ्ग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनप्रति संयोजक प्रचण्डद्वारा दु:ख व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...

धौलिगङ्गा बाँध खोलिँदै, महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...

स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको आपत्ति, वार्ताबाट समाधान खोज्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...

उद्योगमन्त्री यादवद्वारा काभ्रेका ग्यास उद्योगको निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...

सदनलाई प्रभावकारी बनाउन प्रतिनिधि सभा बैठक अघि सभामुख र सचेतकबिच छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गरेको छन्। असार ३१ गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक...

पोखराका अस्पतालमा पनि ओपिडी बन्द, बिरामी मर्कामा

लेखनाथ। नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण पोखराका अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) बन्द भएको छ । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा। प्रमोद रामम...

मेयरका छोराले गरे एकै पटक साउनभरिको हाजिर, कहिलेकाहीँ हुने सामान्य त्रुटिू भन्दै सफाइ

सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा। लुस्युनकुमार यादवले साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिर गरेको भेटिए...

भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले भाडामा लाएको आरोप, अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारतीय सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स निजी प्रयोजनमा प्रयोग गरी स...

एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै यस प्रकरणमा पक्राउ पर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending