काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाल र यूएई एकै समूहमा परेका छन् । एसिया कप तथा एसिया ईमजिङ कपको छनोटको रुपमा रहेको प्रतियोगिता आगामी अप्रिलमा नेपालमा आयोजना हुदैछ ।
प्रतियोगितामा दश टोलीको सहभागीता रहने छ ।च्यालेन्जर कपको फाइनलमा स्थान बनाएका बहराईन र साउदी अरेविया एसीसी प्रिमियर कपका लागि छनोट भएसँगै प्रतियोगितामा सहभागी रहने सबै टोलीको टुङ्गो लागेको हो ।
सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल र यूएई समूह 'ए' मा रहेका छन् । समूह 'ए' मा नेपाल र यूएईको साथमा च्यालेन्जर कपको च्याम्पियन साउदी अरेविया,कतार र कुवेत रहेका छन् ।
समूह 'बी' मा हङकङ,ओमान,मलेसिया,सिंगापुर र बहराईन रहेका छन् । दुई समूहका शीर्ष स्थानमा रहने समान २/२ टोलीले सेमिफाइनल खेल्नेछन् ।
पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट प्रतियोगिता हो । एकदिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ ।
एसिया कप सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । तर भारत र पाकिस्तानका कारण प्रतियोगिता यूएईमा सर्ने सम्भावना छ । प्रिमियर कपको विजेताले समूह 'ए' मा हुने भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
एसिया कपको समूह 'बी' मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । प्रिमियर कपको शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।
इमर्जिङ टिम्स एसिया कपमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रका यू-२३ टिमको सहभागीता रहन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: