Ntc summer Offer
Khabar Dabali २७ कार्तिक २०८१ मंगलवार | 12th November, 2024 Tue
Investment bank

सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा

खबरडबली संवाददाता

तुलसीपुर । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।

एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन्। सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ।

‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुईरचार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो। साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ,’ उनको भनाइ छ।

शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ। त्यही बचत फिर्ता लैजानका लागि उनी पटक–पटक कार्यालय पुगिन् तर कसैलाई पनि भेटाएकी छैनन्।

‘अफिसमा गए कोही भेटिनुहुन्न। फोन गर्दा साउनमा दिन्छौँ, भन्नुहुन्छ,’ उनले भनिन्।

तुलसीपुरका फेन्सी व्यवसायी अशोक भण्डारीले पनि छ हजार सो सहकारीमा बचत गरेका थिए। त्यही रकम लैजानका लागि धेरै पटक कार्यालयमा धाएको उनको भनाइ छ।

उक्त सहकारीको ‘मार्ट’ पनि सञ्चालनमा रहेकाले त्यही मार्टबाट आवश्यक सामग्री लिएर बचत रकम कटाउन खोजे पनि त्यो पनि नमान्ने गरेको उनले बताए।

आर्थिक मन्दिका कारण बचतकर्ताको बचत फिर्ता गर्न नसकिएको जनाउँदै गएको माघ २७ गते उक्त सहकारीको तुलसीपुर शाखा केही समयका लागि बन्द गर्ने भनी सूचना प्रकाशित गरिएको थियो। अर्को सूचना प्रकाशनमा नआएसम्म बन्द रहने जानकारी गराइएको थियो। बन्द भएको एक महिनासम्म पनि सो सहकारीको सेवा पुनःसञ्चालन हुन सकेको छैन।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्पले सिनेटर रुबियोलाई विदेशमन्त्री बनाउदै

काठमाडौँ । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाउने भएका छन् । अमेरिकी मिडियाहरुल...

सुन तोलाको २४ सयले घट्यो

काठमाडौं । आज पनि सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २४ सयले घटेर तोलाको एक लाख ६२ हजार ६ सयमा ...

नेपाली यू-१९ टिमले कर्नाटकाको यू-१९ टिमसँग मूलपानीमा पाँच अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टिमले एसिया कप खेल अघि भारतको कर्नाटकाको यू-१९ सँग ५ अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान...

भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाममा अनिश्चितकालीन कर्फ्यू

काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरको जिरिबाम जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । सोमबार शंकास्पद अतिवादीसँगको भिडन्तपछि जिल्लामा कर्फ्य...

पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । मनाङेलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । गत मंगलबार सर्वोच्चका न्य...

कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु, ४ जना पक्राउ

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका-११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्...

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई  वितरण गर्ने बताएका छन् । नेपालको थ...

नेप्सेमा २२ अंकको वृद्धि, ११ अर्बको कारोबार

काठमाडौँ । सोमबार नेप्से परिसूचक २२ अंकले बढेको छ । आज नेप्से २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा बन्द भएको छ । आज कुल ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ ...

पुर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आइतबार अपराह...

कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy