इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि बिहान हटाइएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित क्षेत्रमा पुन: जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका दक्षिणी सात बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अर्यालको आदेशअनुसार मङ्गलबार बिहान ७ बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नालगायत गतिविधि गर्न रोक लगाइएको छ ।
प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपियाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने जनाएको छ ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र, नुनिया टोल बजार र देवानगञ्ज बजार क्षेत्र रहेका छन् । आदेशमा ती क्षेत्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमासमेत निर्धारण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
आइतबार राति दुई समूहबिच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १३:२४
काठमाडौं । सार्वजनिक खरिद ऐनमा गरिएको संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संश...
श्रावण १२ गते, २०८३ - ११:५९
रावलकोट। पाकिस्तान प्रशासित कश्मीर(पीओजेके को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको म...
श्रावण १२ गते, २०८३ - ११:२७
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...
श्रावण १२ गते, २०८३ - ११:१०
दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...
श्रावण १२ गते, २०८३ - १०:५६
इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...
श्रावण १२ गते, २०८३ - १०:४७
हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...
श्रावण १२ गते, २०८३ - १०:३६
झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...



प्रतिकृया लेख्नुहोस्: