Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

चितवनमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम

खबरडबली संवाददाता

चितवन । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न यहाँका जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रम लागू गर्न जनस्वास्थ्य कार्यालय चितवनले अभिमुखीकरण तालिम दिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नागरिकलाई स्वस्थ राख्ने यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले नमूनाको रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। अधिकारीले पालिकाका स्वास्थ्य शाखा÷महाशाखाका कर्मचारीले जिम्मेवारीपूर्वक कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए ।

माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतोले प्रत्यक्ष देखिने भएकाले सर्ने रोग प्राथमिकतामा पर्ने गरेको भन्दै नसर्ने रोगको उपचार र रोकथामलाई प्राथमिकतामा राख्नुपर्ने बताए। रोग लाग्नै नदिने उद्देश्यसहित आएको यो कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाले कार्यक्रम ल्याउँदा राम्रो देखिने तर कार्यान्वयनमा जाँदा समस्या हुने गरेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा विश्व स्वास्थ्य सङ्गठनका प्रशिक्षक हरिप्रसाद भुसालले बागमती प्रदेशका एक सय १९ वटै पालिकामा यो कार्यक्रम लागू गर्न लागिएको बताए । उनले ७१ प्रतिशत मानिसको मृत्यु दीर्घरोगका कारण हुने गरेको जानकारी दिँदै मुटु तथा रक्तनलीका रोग, दीर्घ श्वासप्रश्वास, क्यान्सर, मधुमेह, मानसिक रोग प्रमुख रहेको बताए ।

सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ आहार, शारीरिक निस्क्रियता, मदिराजन्य पदार्थको प्रयोगका कारण दीर्घरोग लाग्ने गरेको उनको भनाइ छ । उनले दीर्घरोग खरायोको गतिमा बढ्दै गएको भन्दै यसको रोकथामका कार्यक्रम कछुवा गतिमा रहेको बताए ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका जयस नेपालले हप्ताको एक दिन तोकेर स्वस्थ व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’बारे प्रकाश पार्दै उहाँले कार्यान्वयनको चरणसम्म स्थानीय तहका स्वास्थ्यकर्मीलाई पनि तालिम दिइने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गा चापागाईँले नसर्ने रोगका लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने बताउए ।सुरुआतको चरणमा केही असहज देखिए पनि सबै मिलेर समस्या समाधान गर्दै कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।

समाजमा लुकेर रहेका दीर्घरोगी स्क्रिनिङ गरेर उपचारमा ल्याउनु महत्वपूर्ण रहेको चर्चा गर्दै चापागाईँले केही प्रदेश अस्पतालमा नमूनाका रूपमा सञ्चालन भइसकेको जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’अन्तर्गत नेपाल सरकारले गरिब घरपरिवार परिचयप्राप्त नागरिक, स्वघोषित विपन्न घोषणा गरेको व्यक्ति, लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइते, महिला स्वास्थ्य स्वयंसेविका, लोकतान्त्रिक जनआन्दोलनका घाइते व्यक्तिलाई निःशुल्क स्वास्थ्य जाँच र परामर्श दिइने छ ।

कार्यक्रमको नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण गर्ने र आवश्यक सल्लाह सुझाव तथा सेवा उपलब्ध गराउने उद्देश्य रहेको छ । नसर्ने रोग रोकथामसम्बन्धी समुदायस्तरमा चेतना अभिवृद्धि गरी रोगको जोखिम न्यूनीकरण गर्ने जनाइएको छ ।

कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम खोकीको लागि क्याट टेष्ट, तौल, उचाइ, पेटको मोटाइ, रक्तचाप, पिसाबको परीक्षण, दिसामा सुक्ष्म रगतको परीक्षण, रगतको परीक्षण, मिर्गौला परीक्षण, कलेजो परीक्षण, फोक्सो परीक्षण, छातिको एक्सरेलगायत परीक्षण गरिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending