Ntc
Khabar Dabali १८ जेष्ठ २०८० बिहीबार | 1st June, 2023 Thu

थारू हस्तकला सामग्रीको व्यावसायिक उत्पादन

खबरडबली संवाददाता

कञ्चनपुर । परम्परागत सीपको प्रयोग गरी थारू समुदायले हस्तकलाका आकर्षक सामग्री बनाउँदै आएका छन् । दैनिक जीवनमा प्रयोग हुने हस्तकलाका सामग्रीलाई घरायसी प्रयोजनका लागि मात्रै सीमित राखिने गरिएको छ ।

पुस्तौँदेखि बनाइँदै आएका सामग्रीलाई परिमार्जन गरी बजारमा बिक्री गर्न सकिए सहजरूपमा थारू समुदायले आयआर्जन गर्न सक्ने थारू अगुवा शुक्लाफाँटा नगरपालिका–१० का हवल्दार चौधरीले बताए ।

डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्खा, सुप्पा, मच्या, भौका, गोन्द्री, गाग्री, करुवा, डोरी, सिकहर, व्याना, मच्या, खटौलीलगायतका स्थानीय साधन स्रोतको प्रयोग गरी थोरै लागतमा निर्माण गरिने घरायसी काममा प्रयोग हुने सामग्रीको व्यावसायिक उत्पादन गरी थारू समुदायले गतिलो आम्दानी लिन सक्ने उनले बताए ।
 
“सीप भएर पनि थारू समुदायले पुर्खाँदेखि पुस्तान्तरण हुँदै आएको सीपको प्रयोग गरी बनाइँदै आएका सामग्री घरभित्रै सीमित राखिएका छन्”, उनले भने, “केही सामग्री बूढापाकाको ढल्किँदो उमेरसँगै ओझेलमा पर्न थालेका छन्, युवा पिँढीको सिक्ने उत्सुकता नहुनु र बूढापाकाको सिकाउने चाहना नहुँदा पुराना हातैले निर्माण गरिने सामग्री लोप हुने अवस्थामा पुग्न थालेका छन् ।”

हाल घर सजावट गर्ने चलन चलेको छ । घर सजावटका सामग्री विदेशबाट आयात हुने गरेका छन् । घर सजावटका लागि थारू समुदायले धेरै पहिलेदेखि बनाउँदै आएका सामग्री विकल्प हुनसक्ने थारू अगुवाहरूको भनाइ छ । 

“हस्तकलाका सामग्री बनाउने सीप भए पनि थारू समुदायका अधिकांश व्यक्तिको आर्थिक अवस्था कमजोर हुँदा व्यावसायिक उत्पादन गर्न सक्ने अवस्थामा छैनन्”, थारू बुद्धिजिवी वीरबहादुर राजवंशीले भने, “थारू समुदायलाई घरायसी प्रयोगमा आउने गरेका वस्तु बजारमा बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने व्यासायिक सोचको विकास गर्न जरुरी छ, यसका लागि स्थानीय तहले उत्प्रेरित गर्नुपर्छ ।”

घरमा वर्षौदेखि बनाइँदै आएका सामग्री बनाएर बजारमा बिक्री गरेर आम्दानी हुन्छ भन्ने कुराको ज्ञान नभएर पनि व्यावसायिकरूपमा थारू समुदाय अगाडि सर्न नसकेको उनले उल्लेख गरे ।

परम्पारगत सीपलाई परिमार्जन गरी आधुनिक तरिकाका बुट्टा भर्ने, चित्र बनाउने, डिजाइन गर्नेलगायतका सीप सिकाएर थारू समुदायका महिला–पुरुष दुवै जनालाई व्यावसायिक बनाउन सकिने थारू अगुवा दानसिंह दहितले बताए । 

घरायसी सामानसँगै थारू समुदायका महिलाले लगाउने गहना, पहिरनले विस्तारै बजार लिन थालेको छ । केही व्यक्तिले थारू समुदायका महिलाले लगाउने पहिरनको व्यावसायिक उत्पादन गरी बजारमा ल्याउन लागे पनि त्यो सङ्ख्या थोरैमात्रै रहेको दहितले बताए । कारिगर नहुँदा परम्परागत गहना लोप हुने सङ्घारमा पुगेको उनी बताउछन्।

थारू समुदायका थोरै लागतमा आकर्षक ढङ्गबाट कलात्मक बुट्टा भरेर बनाइने गहना बनाउने कारिगरलाई व्यावसायिक बनाएमात्रै गहना जोगाउन सकिने उनले बताए । स्थानीय तहले परम्परागत सीपलाई आधुनिक बनाउन तालिम, बजार प्रवद्र्धनसँगै लगानीको वातावरण बनाउन भूमिका खेल्नुपर्ने धनबहादुर कुश्मी बताउछन् ।

“स्थानीय तहले थारू समुदायका महिलाले लगाउने लेहङ्गा, चोली बनाउने तालिम दिने गरेका भए पनि त्यो तालिम सकिएपछि सबैले बिर्सने गरेका छन्”, उनले भने, “व्यावसायिक योजना बनाई लगानीको वातावरण कायम गरिनुपर्छ, नजिकको सरकार भनेकै स्थानीय तह भएकाले त्यसको महत्वपूर्ण भूमिका रहन्छ, तालिम लिएकालाई व्यावसायिक कार्यमा संलग्न गराउनका लागि आवश्यक पूँजीको व्यवस्थाका लागि बैंक तथा वित्तीय संस्थासँग सहजीकरण गरिदिने, बजारको खोजी गरिदिए परम्परागत सीपमा आधारित व्यवसायलाई जीवन्त राख्न सकिन्छ ।”

 थारू समुदायका गहना, पहिरन घरायसी प्रयोगमा ल्याउने हस्तकलाका सामग्रीलाई आधुनिक बनाउन, संरक्षण गर्न र व्यावसायिक बनाउन स्थानीय तहले हालसम्म कुनै पनि कार्यक्रम ल्याउन नसकेकामा रतनबहादुर राना चिन्ता व्यक्त गर्छन् ।

“तराईका भूमिपुत्रका रूपमा रहेका थारू समुदायको कला, संस्कृति र त्यससँग जोडिएका वस्तुको संरक्षण गर्ने कर्तव्य स्थानीय तहको हो”, उनले भन्नुभयो, “त्यसका लागि चासो दिने गरिएको छैन, थारू समुदायको नयाँ पिँढीलाई परम्पारगत वस्तुको महत्वका बारेमा बुझाउन थारू अगुवाहरू अगाडि सर्नुपर्ने हुन्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागरिकता विधेयक प्रमाणीकरणपछि मधेसका शीर्ष नेताहरु: संसद्को सर्वोच्चता कायम भयो, राष्ट्रपतिलाई विशेष धन्यवाद

नागरिकता विधेयक प्रमाणीकरणले संसद्को सर्वोच्चता कायम भयो: निधि जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएपछि सबैभन्दा...

बालेनको चेतावनीपछि स्वास्थ्य मन्त्रालयको एक्सन : सबै अस्पतालमा नि:शुल्क शय्या छुट्ट्याउनु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर ...

नेता खनाल सहभागी कार्यक्रममा राजावादी हुँ भन्दै हुल दङ्गा गर्ने पक्राउ

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम...

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र दुई अर्ब ६० करोड अनुदान सहयोग

काठमाडौ । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख...

प्रधानमन्त्री दिल्लीमा, विदेशराज्यमन्त्रीले गरिन् स्वागत

नयाँदिल्ली । चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँदिल्ली पुगेका छन् । उनलाई भारतीय विदेशराज्यमन्त्री मिनाक्षी लेखीले इन्दिरा गान...

बागमती सुधारका लागि बीस वर्षे गुरुयोजना बनाइँदै

बागमती  । बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले बीस बर्षीय गुरुयोजना बनाइने भएको छ ।  सन् २०४३ सम्म बागमतीला...

शीतल निवासअगाडि अनेरास्ववियुको प्रदर्शन, ८ जना पक्राउ

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीत...

पर्सामा गर्मी बढेपछि बिरामी पनि बढे

पर्सा । लगातार बढ्दै गएको तापक्रमले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापाक्रम ४४ डिग्री पुग्न थाले...

सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएको छन् । उनले भने,“पुँजीगत बजेट केही घटे पनि...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page