Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

खबरडबली संवाददाता

बागलुङ । आजदेखि चैत्र नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ । असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइने गरिन्छ । चैते दशैँका अवसरमा कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु मन्दिरमा पुग्ने गर्छन् । 

गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शनार्थी आउने गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । “बागलुङ भगवतीमा विशेष शक्ति छ भन्ने मान्यताले भक्तजन यहाँ आउँछन्”, खड्काले भने, “गुठीले नवरात्रमा मन्दिर आउने भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापन गर्छ ।”

नवरात्रको अघिल्लो दिन मङ्गलबार मन्दिर परिसर सरसफाइ गरिएको छ । परिसरमा रहेका सत्तल, मठ र अन्य स–साना मन्दिरहरुसमेत चिटिक्क पारिएको छ । नवरात्रको समयमा हुने भिड र पूजा व्यवस्थापनका लागि गुठीका कर्मचारी परिचालन गरिने खड्काले बताए । सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीको सहायता लिइने उनले जानकारी दिए । चैतेदशैँका सन्दर्भ पारेर गुठीले मेलाको समेत आयोजना गरेको छ । मेला चैतको १३ गतेदेखि सुरु हुनेछ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी २० लाख पर्यटक बागलुङ भित्र्याउने लक्ष्य गुठीको छ । विगतमा चैत्राष्टमी मेला वस्तु विनिमयको केन्द्र पनि थियो । बागलुङमा उत्पादन भएका कृषि तथा हस्तकलाका सामग्री, भेडाको ऊनबाट निर्मित राडी–पाखी घुमलगायतका वस्तुहरुमा मेलामा राखिन्थ्यो ।

तराईबाट मसलालगायत अन्य वस्तुहरु ल्याएर सामग्रीहरु एकापसमा साटासाट गरेर मेलामा आफूलाई आवश्यक पर्ने वस्तुको जोहो गर्ने चलन थियो । लामो समयदेखि स्वतःस्फुर्त रुपमा चैतेदशैँको समयमा लाग्दै आएको मेला केही वर्षयता गुठीले औपचारिक कार्यक्रमको आयोजना गर्दै आएको छ । चैतेदशैँ मेला बागलुङको मुख्य पहिचान र अवसर पनि हो । यो बेला बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि देश विदेशबाट श्रद्धालु भक्तजन आउने गर्छन् । कोरोना महामारीका कारण बितेका केही वर्ष हुन नसकेको मेला यसपटक भव्य रुपमा सञ्चालन गर्न लागिएको खड्का बताउृँछन् । मेलाको अवसरमा राष्ट्रिय लोकदोहोरी, कालिका कप खुला पुरुष भलिबल, राष्ट्रिय लोक भजन र छेलो फाल्ने प्रतियोगिताको आयोजना गरिएको छ । 

मेलामा घरेलु तथा हस्तकलाका सामग्रीसँगै फेन्सी तथा होटल रेष्टुराँका कक्षहरु पनि राखिनेछन् । बागलुङ कालिका मन्दिर अहिले बागलुङको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । बागलुङ कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयलाई प्याकेजका रुपमा अगाडि बढाउन सके यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण हुने पर्यटन व्यवसायीहरु बताउँछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...

बेइजिङमा सी र ट्रम्पबीच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...

संसद् बहुमतले होइन, विवेक र चेतनाले चल्नुपर्छ : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...

कानुन निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छ - सांसद आचार्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...

प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...

सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति तथा कार्यक्रममा स्पष्ट देखिँदैन: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...

प्रधानमन्त्री अनुपस्थित हुनु अस्वाभाविक हैन, परम्परागत अभ्यासको निरन्तरतामा क्रमभंगता: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...

कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्न विश्वप्रकाश शर्माको आह्वान

काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending