काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि नेकपा एमालेले पनि संसद् बैठक बहिष्कार गरेको छ ।
एमाले बाहिरिएसँगै सदनमा विपक्षी मोर्चाको असन्तुष्टि थप प्रस्ट देखिएको छ । यसअघि नै नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपा का सांसदहरूले बैठक हल छाडिसकेका थिए ।
अब विपक्षी दलमध्ये नेपाली कांग्रेस मात्रै संसद्मा बाँकी रहेको छ । कांग्रेस सांसदहरू भने बैठक नछाडी आफ्नै स्थानमा उभिएर विरोध जनाइरहेका छन् । कांग्रेसले प्रधानमन्त्री स्वयं उपस्थित भएर संसद्मा जवाफ दिनुपर्ने अडान कायम राखेको छ ।
संसद्मा अहिलेको विवादको केन्द्र प्रधानमन्त्री बालेनको अनुपस्थिति बनेको छ । विपक्षी दलहरूले नीति तथा कार्यक्रमजस्तो संवेदनशील विषयमा प्रधानमन्त्री उपस्थित नहुनुलाई संसद्प्रतिको अनादर भन्दै आलोचना गरिरहेका छन् ।
तर सरकार पक्षले भने प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीले तोकेको मन्त्रीले पनि जवाफ दिन सक्ने व्यवस्था रहेको तर्क गर्दै आएको छ । सभामुख डिपी आर्यालले पनि सोही व्यवस्था देखाउँदै बैठकको कारबाही अघि बढाएका थिए । त्यसपछि विपक्षी दलहरूले क्रमशः बहिष्कारको बाटो रोजेका हुन् ।
सदनभित्र अहिले सरकार पक्षले प्रक्रिया अघि बढाउने प्रयास गरिरहेको छ भने विपक्षीहरूले त्यसलाई “संसदीय उत्तरदायित्व कमजोर बनाउने अभ्यास” भनेर टिप्पणी गरिरहेका छन् ।
एमालेसमेत बहिष्कारमा उत्रिएपछि संसद्मा राजनीतिक ध्रुवीकरण थप चर्किएको देखिएको छ । अब कांग्रेसले आफ्नो विरोधलाई कुन तहसम्म लैजान्छ र प्रधानमन्त्री बालेन संसद्मा उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने विषयले आगामी संसदीय राजनीति थप तात्ने संकेत दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - २२:०१
बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...
बैशाख ३१ गते, २०८३ - २१:३९
काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...
बैशाख ३१ गते, २०८३ - २१:३२
काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...
बैशाख ३१ गते, २०८३ - २१:२६
काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...
बैशाख ३१ गते, २०८३ - २०:१६
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...
बैशाख ३१ गते, २०८३ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...
बैशाख ३१ गते, २०८३ - २०:०५
संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास
बैशाख ३१ गते, २०८३ - १९:५९
काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...



प्रतिकृया लेख्नुहोस्: