Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

कस्तो छ उपमहासचिव पुनको स्वास्थ्य अवस्था ?

खबरडबली संवाददाता

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ देखि सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार  गराइरहेका छन्।

पुनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर ३.५ बिन्दुमा झरेको चिकित्सकहरुलाई उदृत गर्दै पुनको सचिवालयले जनाएको छ ।सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरुले उल्लेख गरेका छन् । तर, पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुने गरेको छ । स्वास्थ्यमा सुधार भइरहे पनि चिकित्सकले बिलरुबिनको मात्रा २ बिन्दुमा झारेपछि मात्र नेपाल फर्कन सुझाव दिएका छन् ।

पुनको साथमा पूर्वसभामुख ओनसरी घर्ती रहेकी छिन् । स्वास्थ्यमा सुधार भएपछि नेता पुनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका थिए ।

नेता पुनले प्रधानमन्त्री दाहाललाई पुनः विश्वासको मत प्राप्त गरेकोमा बधाई दिँदै राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी सिर्जना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताएका थिए ।

देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामा गएका दलहरु एकैठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको बताएका छन् । सभापति देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएको पुनको सचिवालयले जनाएको छ ।

फोनमा प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री देउवा दुवैले नेता वर्षमान पुनको स्वास्थ्यलाभको कामना गरेका थिए ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुलुक जिताएर आएका प्रधानमन्त्रीलाई लाज नमानि भन : प्रचण्ड जिन्दावाद !

खासमा हाम्रो तन्तुमा देश छैन । तन्तु र तत्तुमा देश नभएकाहरु अराजक हुन्छन् । आजकल अराजकता पोख्न केही अमेरीकी साहुका भित्ताहरु उपलव्ध छन् । जसलाई हामीले...

डिशहोमको इन्टरनेटले पायो गुणस्तर चिन्ह

काठमाडौं ।  नेपालमा DTH सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा ISO प्रमाणीकरण प्राप्त गरेको छ । Americo qual...

नक्कलि भुटानी शरणार्थी प्रकरण : यि हुन् पक्राउ परेका १६ अभियुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् । पक...

कांग्रेस नेता गुरुङ पक्राउ : आठ करोड बढी ठगी

सिन्धुली। नेपाली कांग्रेसका युवा नेता एवं सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा...

इन्डियन प्रिमियर लिग : पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै

काठमाडौं । पन्जाब किंग्सलाई पराजित गरि राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष चारमा रहदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको ...

एक युग प्रचण्ड

मानिसहरु यस्तो ठान्छन कि यो देश आफै चल्दैन । यो ति उडन्ते र घुमन्तेहरुको तर्क हो । जो हातमा साक्षर भएको प्रमाणपत्र बोकेर वावुको अंशले जन्मजात सम्पन्न ...

नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको चैतसम्मको अवधिमा नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख रुपैयाँले बढेको छ । टेलिकमले दिएको जानकारी अनुसार गत वर्षको यही अ...

ओम्नी र वाइडबढीको फाइल खोल्ने तयारीमा सरकार

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला स...

काठमाडौंकावासीले जेठ १ गतेबाट मेलम्चीको खानेपानी पिउन नपाउने

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केह...

अभियुक्त भेट्न हिरासत पुगेका खाँडका सहयोगी पूर्व सांसद शेर्पा फरार

काठमाडौं । उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीका नाममा भएको ठगी घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएपछि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page