काठमाडौँ । नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा बैठक राखेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सातवटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको बनाए ।
सुदूरपश्चिम प्रदेशमा आगामी वैशाख २ र ३ गते, कर्णाली प्रदेशमा वैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा वैशाख ६ र ७ गते, बागमती प्रदेशमा वैशाख १० र ११ गते, गण्डकी प्रदेशमा वैशाख १२ र १३ गते मिसन ग्रासरुट अभियानको समीक्षा बैठक राखिएको छ ।
मधेस प्रदेशमा वैशाख १४ र १५ गते, कोशी प्रदेशमा वैशाख १६ र १७ गते, गैरभौगोलिक क्षेत्रमा वैशाख १८ र १९ गते मिसन ग्रासरुट अभियानको समीक्षा बैठक राखिएको छ । प्रदेश तहमा गरिएको समीक्षाको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिने छ । सोही प्रतिवेदनको आधारमा पार्टीले आगामी कार्ययोजना बनाउने बताइएको छ ।
समीक्षा बैठकमा प्रदेशमा खटिएका पार्टीका केन्द्रीय उपाध्यक्षको सहभागितामा हुनेछ । बैठकमा प्रदेशभरि खटिएका सबै केन्द्रीय सदस्य रहनेछन् । एमालेले चैत २० गतेभित्र मिसन ग्रासरुट अभियान सम्पन्न गर्न निर्देशन दिएको छ ।
पालिकास्तरमा चैत २० देखि २५ गतेसम्म पालिका तह समीक्षा र जिल्लास्तरमा चैत २५ देखि ३० गतेसम्म समीक्षा बैठक राख्न भनिएको छ ।
महासचिव पोखरेलद्वारा जारी सर्कुलरमा मिसन ग्रासरुट अभियान योजनाअनुसार नै अघि बढिरहेको भए पनि कतिपय स्थानमा उद्देश्यभन्दा भिन्न परम्परागत राजनीतिक गतिविधि जस्ता बन्न पुगेका जनाइएको छ ।
“कतिपय ठाउँमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्र गतिविधि हुने गरेको देखिएको छ भने केन्द्रीय प्रतिनिधि उपस्थित हुन नसकेको केही ठाउँमा अभियानको नेतृत्व कसले गर्ने भन्ने हो अवस्था रहेको छ”, सकुर्लरमा भनिएको छ ।
हिमाली क्षेत्रमा कतिपय पालिकामा हिमपातका कारणले अभियान सुरु हुन नसकेको बताइएको । एमालेले गत फागुन ५ गतेदेखि पार्टी सदस्यता वितरण गर्ने, आधारभूत तहका कमिटीको गठन/पुनःगठन र अधिवेशन गर्नका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हो ।
मिसन ग्रासरुट अभियानमा एमालेले पार्टीका उपाध्यक्षलाई सात प्रदेशको संयोजन र केन्द्रीय सदस्यलाई सात सय ५३ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्नका लागि खटाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: