Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नेपालमा फेरि बढ्न थाल्यो कोरोना, नयाँ भेरिअन्ट आएको हो ?

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा पुन: कोरोनाभाइरस सङ्कमण बढ्न थालेको भन्दै अधिकारी तथा विज्ञले “लक्षण देखिने बित्तिकै परीक्षण गराउन” तथा “स्वास्थ्य सचेतना अपनाउन” आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयका अधिकारीका भनाइमा नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण केही बढेको देखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको हो। अहिले भइरहेको सङ्क्रमणमा भाइरसको नयाँ भेरिअन्ट पाइएको पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अधिकारीहरूका भनाइमा नेपालका विभिन्न स्थानमा भएका सङ्क्रमण नयाँ भेरिअन्टका कारण हो कि भनेर नमुनाको जीन सिक्वेन्सीङ गर्ने काम पनि समयसमयमा जारी रहेको छ। कोभिडविरुद्धको खोप कार्यक्रम पनि चलिरहेको उनीहरू बताउँछन्।

सङ्क्रमणको अवस्था के छ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो पटक नेपालमा कुल १,४२९ जनाको परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ। यो मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको विवरण हो।

सोमवार भने कुल १,२६६ जनाको परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको थियो। मन्त्रालयले सार्वजनिक गरेको गएको एक साताको विवरण हेर्दा कोरोनाभाइरसको सङ्क्रमण क्रमश: बढ्दै गइरहेको जस्तो देखिएको छ।

नेपालमा अहिले दैनिक औसतमा एक हजार जति नमुनाको परीक्षण भइरहेको मन्त्रालयको विवरणमा देखिन्छ। एक साताअघि चैत ७ र ८ गते सङ्क्रमण शून्य थियो।

त्यसअघि पनि सङ्क्रमण दोहोरो अङ्कमा खासै देखिएको थिएन तर अहिले सङ्क्रमण बढ्न थालेको देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

‘नयाँ भेरिअन्ट पुष्टि भएको छैन’

सहप्रवक्ता अधिकारीले अहिले भारतका साथसाथै नेपालमा पनि कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको बताए। उनले भने, “अहिले छिमेकी मुलुकमा पनि सङ्क्रमण बढेको र नेपालमा पनि बढिरहेको देखिन्छ। त्यसले सङ्क्रमण बढ्छ कि भन्ने देखिएको हुनाले सतर्क हुनुपर्ने अवस्था आएको छ।”

“अब हामीले जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ। लक्षण देखिएमा तत्काल परीक्षण गर्नुपर्छ र खोप लगाउन बाँकी भएमा वा बुस्टर मात्रा लगाउने समय भएको भए खोप लगाउनुपर्छ।”

उनले नेपालमा अहिले देखिएको भेरिअन्ट पुरानै हुनसक्ने बताए। यद्यपि अहिले पनि विभिन्न स्थानबाट नमुना सङ्कलन गरेर जीन सिक्वेन्सीङको काम समयसमयमा भइरहेको उनको भनाइ छ।

“अहिले देखिएका सङ्क्रमणमा भेरिअन्ट उही हो वा अर्को हो भन्ने विषयमा हामीले नमुना सङ्कलन गरेर जीन सिक्वेन्सीङ गरिरहेका छौँ। हालसम्म नयाँ भेरिअन्ट देखिएको छैन,” उनले भने।

पछिल्ला केही दिनमा सङ्क्रमण बढे पनि अस्पतालमै भर्ना हुनुपर्ने अवस्थाका बिरामी देखिएका छैनन्। त्यसले गर्दा धेरै आत्तिनु पर्ने अवस्था नभए पनि सतर्क भने हुनुपर्ने उनको भनाइ छ।

भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी भएको छ भने एकै दिनमा करिब दुई हजार जनामा सङ्क्रमण देखिने अवस्था पनि आएको छ। त्यसले नेपालमा पनि सङ्क्रमण बढाउने चिन्ता बढेकाले आफूहरूले चनाखो भएर हेरिरहेको अधिकारीको भनाइ छ।

‘केही फरक खाले लक्षण देखिएका छन्’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको अनुसन्धान इकाइका प्रमुख डा. शेरबहादुर पुनले पनि पछिल्ला दिनमा नेपालमा सङ्क्रमण बढिरहेको विवरणले देखाएको र अस्पतालमा पनि त्यसको अनुभव हुन थालेको बताए।

उनले भने, “धेरैपछि आज मैले पनि सङ्क्रमण भएर आएको एउटा परिवारका मानिसहरूको जाँच गरेर उनीहरूलाई चिकित्सकीय परामर्श दिए।”

“कोभिडका बिरामीलाई यसरी परामर्श दिनुपर्ने अवस्था नआएको धेरै भएको थियो। हुनत एकाध जनामा सङ्क्रमण भइरहेको थियो र त्यसले हाम्रो समाजमा कोभिड निमिट्यान्न भएको छैन भन्ने त देखाएकै थियो।”

उनका भनाइमा पछिल्लो समयमा कोभिड लाग्नेहरूमा पहिलेको तुलनामा केही फरक लक्षणहरू देखिएको पाइएको छ।

“पहिले कोभिड लाग्दा जसरी ज्वरो आउँथ्यो अहिले त्यस्तो नआएको पाइएको छ भने आँखाको गेडी असाध्यै दुख्ने गरेको बिरामीहरूले बताइरहेका छन्,” उनले भने, “त्यो खोपको कारणले हो वा नयाँ भेरिअन्टका कारणले हो भन्ने कुरा चाहिँ अध्ययन गरेरै हेर्नुपर्ने हुन्छ।”

नेपालमा पहिलोपटक सङ्क्रमण भेटिएयता हालसम्म साढे ११ लाखभन्दा बढी नमुनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ।

त्यसमध्ये १.२ प्रतिशत अर्थात् १२ हजार २० जनाको निधन भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको विवरणमा देखिन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: