Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

पाँचथरमा सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना गम्भीर

खबरडबली संवाददाता

पाँचथर । पाँचथरमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । 

मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा गए रातिे प्र १–०१–००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल झरेर दुर्घटना हुँदा कारमा सवार १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार मृतकका बाबु झापाको विर्तामोड नगरपालिका–१ का ४५ वर्षीय राजु भुलेजले चलाएको कार सडकबाट झरेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक राजुसहित उनकी श्रीमती ३९ वर्षीया लीला भुजेल, बहिनी ४० वर्षीया सीता भुजेल र छोरी रश्मी घाइते भएका थिए । घाइतेमध्ये रश्मीलाई उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा सवार राजुका १३ वर्षीय छोरा राजमोहन भने सकुशल छन् । दुर्घटनाको कारण पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच शाहबीच भेटवार्ता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्...

सन्दीप, दीपेन्द्र र कुशल लङ्का प्रिमियर लिगमा अनुबन्ध

काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्ने भएको छ । श्रीलङ्कामा सोमबा...

वीरगञ्ज महानगरका मेयर सिंहसँग ४ लाख धरौटी माग गर्ने अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको ...

आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँड्नु दु:खद: सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रधानमन्त्रीको भनिएको गम्भी...

विपक्षीको विरोधपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। विपक्षी दलहरूको व...

नेकपाले माग्यो संसदमा प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे रास्वपाको धारणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘नेपालको भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिउपर सत्तारुढ दल राष्ट्रिय स्वतन्त...

हर्क साम्पाङले खोजे प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनको हाजिरी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको उपस्थिति (हाजिरी) सम्बन्धी विषय उठाउँदै प्रश्न गरेका...

नेपाल एसियन गेम्स पुरुष क्रिकेटमा छनोट

काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटल...

प्रतिनिधिसभा बैठकमा आजपनि विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब दुई घण्टा ढिलोगरी ३ बजे मात्र सुरु भए पनि क...

अल्पमतमा परेपछि परामर्शमा जुटे मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ। संसदीय दलको नेताबाट हटाउने निर्णयपछि मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक परा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending