Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

ढोरपाटनमा आलु महोत्सव गरिने

खबरडबली संवाददाता

बागलुङ । जनैपूर्णिमाको अवसरमा बागलुङको ढोरपाटनमा प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल गरिने भएको छ । ढोरपाटन क्षेत्रमा उत्पादन हुने प्रसिद्ध आलु तथा अन्य अर्गानिक कृषि उत्पादनहरूको प्रवर्धन गर्ने उद्देश्यले ‘प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल’ गर्न लागिएको ढोरपाटन नगरपालिका कार्यबाहक नगर प्रमुख कल्याण कायतले बताए। महोत्सव ढोरपाटन एयरपोर्ट प्राङ्गणमा गरिने उल्लेख गरेको छ ।

महोत्सव बारे आफ्नो फेसबुक पेजमा लेख्दै उनले ‘महोत्सव मार्फत कृषि, पर्यटन र खेलकुद क्षेत्रको विकासलाई गति दिनुका साथै स्थानीय कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्धन गर्ने लक्ष्य राखिएको छ।’ उल्लेख गरेको छ ।

स्थानीय व्यापार, व्यवसाय र उद्यमशीलतालाई प्रोत्साहन गर्दै आर्थिक गतिविधि विस्तार गर्न महोत्सव महत्वपूर्ण माध्यम बन्ने उनको अपेक्षा छ । महोत्सव भदौको दोस्रो हप्ता सञ्चालन हुने छ ।

विशेष गरि ढोरपाटन र बुकीपाटन क्षेत्रमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रवर्धन, कृषि, पर्यटन तथा खेलकुद क्षेत्रको एकीकृत विकास, स्थानीय कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रदर्शन, स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न पहल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको कार्यबाहक नगर प्रमुख कायतले बताए।

उनले निजी क्षेत्रका सफल उद्योगी तथा लगानीकर्ताहरूलाई अवलोकन, अनुसन्धान र लगानीका अवसरहरू सिर्जना गर्ने वातावरण निर्माण गर्ने बताउँदै अवलोकनकोलागि आमन्त्रण गरिएको छ । ढोरपाटन आलु उत्पादनमा पर्ख्यात छ ।

समुन्द्री सतहदेखि १८०० देखि २७०० मिटर उचाईमा उत्पादन हुने आलु निकै स्वादिलो र अर्गानिक हुने गर्दछ । ढोरापटन जिल्लाकै ताराखोला पछी  राम्रो आलु उत्पादन हुने ठाउँमध्ये पर्दछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनै तहको सरकारसँग सहकार्य गर्दै स्वदेशमै रोजगारी सिर्जनामा सरकार केन्द्रित छ: श्रममन्त्री यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...

भारतको नयाँ मापदण्डका कारण इलामका चिया उद्योग ठप्प, सरकार मौन रहेको सांसद राईको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...

जुम्लाको तातोपानीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण , एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, एक जनाको मृत्यु

वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...

आफ्नो भुमिकामाथि प्रश्न उठेपछि सभामुख अर्यालले गराए नियमावलीको स्मरण

काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...

सभामुखको निष्पक्षतामाथि कांग्रेसको प्रश्न, रास्वपाद्वारा अभिव्यक्ति हटाउन माग

काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...

अन्तरजातीय विवाह गर्ने ११ दम्पती नगदसहित सम्मानित

फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।  दुई वर्षअघिको बाढी...

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु हैरानी गर्ने ३५ जना पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending