काठमाडौ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ ।
टानका अध्यक्ष नीलहरि बाँस्तोलाले आज एक विज्ञप्ति जारी गरी भर्खरै सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७९ ल्याएको र उक्त मापदण्डले नेपालको पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको हो ।
“नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स०लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७९ जारी गरिएकामा टान नेपाल पर्यटन बोर्डको सो निर्णयको स्वागत गर्दछ”, अध्यक्ष बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उनले विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यका रुपमा चिनाउने यस क्षेत्रलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीको आत्मविश्वास बढाइ थप लगानी गर्न आकर्षित गर्ने र उल्लेख्य रुपमा रोजगारी वृद्धि गर्न टिम्सले सहयोग पुग्ने बताए ।
पर्वतीय पर्यटनद्वारा राज्यको कूल ग्रार्हस्थ्य उत्पादनमा पु¥याउने योगदानलाई वृद्धि हुने विश्वास टानले लिएको छ । अध्यक्ष बाँस्तोलाले पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायीमैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि टानले विगत लामो समयदेखि काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - १६:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्...
जेष्ठ १९ गते, २०८३ - १६:४२
काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्ने भएको छ । श्रीलङ्कामा सोमबा...
जेष्ठ १९ गते, २०८३ - १६:३६
काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको ...
जेष्ठ १९ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रधानमन्त्रीको भनिएको गम्भी...
जेष्ठ १९ गते, २०८३ - १५:४७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। विपक्षी दलहरूको व...
जेष्ठ १९ गते, २०८३ - १५:४०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘नेपालको भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिउपर सत्तारुढ दल राष्ट्रिय स्वतन्त...
जेष्ठ १९ गते, २०८३ - १५:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको उपस्थिति (हाजिरी) सम्बन्धी विषय उठाउँदै प्रश्न गरेका...
जेष्ठ १९ गते, २०८३ - १५:२३
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटल...
जेष्ठ १९ गते, २०८३ - १५:१२
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन्। दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब दुई घण्टा ढिलोगरी ३ बजे मात्र सुरु भए पनि क...
जेष्ठ १९ गते, २०८३ - १५:०६
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ। संसदीय दलको नेताबाट हटाउने निर्णयपछि मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक परा...



प्रतिकृया लेख्नुहोस्: