नेपालगञ्ज । वर्षाको बेलामा हुने डुबानको समस्या हटाउन नेपालगञ्ज उपमहानगरमा १५ वर्षपछि यहाँका मुख्य नालाको फोहर हटाइएको छ । नहरमा जथाभावी फालिएका प्लाटिकजन्य बोटल र विभिन्न वस्तु, सिसाका बोटल, माटोलगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक महिनादेखि अहिलेसम्म ठूला नाला करिब डेढमिटर र साना करिब ५० मिटर नालाको सरसफाइ भएको बताउनुभयो । यसका लागि कतिपय ठाउँमा जेसीबीको प्रयोग गरिएको र कतिपय ठाउँमा भारतीय कामदार प्रयोग गरी नालाको अवरोध हटाइएको उनको भनाइ छ ।
“नालाको माथिल्लो तहसम्म माटोले पुरिएको र त्यसका कारण पानीको सतह नै हराएको अवस्थामा पाइयो”, उनले भने । पानीको निकास थुनिएपछि जाम हुने उल्लेख गर्दै प्रमुख विष्टले सङ्घीय सरकारबाट आएको विशेषज्ञ टोलीले अध्ययन गरेपछि उपकरण प्रयोग गर्न नसक्ने स्थानमा कामदार लगाएर पनि सफा गरिएको बताए ।
“समय–समयमा मुख्य नालाको सफाइ गरे यसले नेपालगञ्जको डुबानको समस्या समाधान हुन्छ भन्ने लक्ष्यले यो काम सुरु गरेका हाँै”, उनले भन्नुभयोने, “मुख्य नालासँग जोडिएका नाला विभिन्न नालासँग जोडिएका छन ।” ‘ड्रेनेज नेटवर्क’भित्र रहेका प्रत्येक वडाका नालामात्रै सरसफाइ भए त्यसले यहाँ हुने डुवानको समाधान हुने विशेषज्ञ टोलीले उपमहानगरलाई सुझाव दिएको छ । उक्त सुझावका आधारमा ‘ड्रेनेज नेटवर्क’भित्र रहेका प्रत्येक वडासँग जोडिएका नालाको अवरोध हटाइने छ ।
नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर प्रत्येक चारदेखि पाँच मिटरको दुरीमा कटिङ गरेर पुनः सफा गर्न मिल्ने गरी काम गरिएको छ । आगामी जेठ मसान्तसम्ममा नेपालगञ्जमा रहेका ठूला र साना नालाको सफाइको काम पूरा हुने जानकारी दिँदै प्रमुख विष्टले रु १० का दरले तीन वटा प्याकेजमा काम भइरहेको बताए। कतिपय ठाउँमा देवाल भासिएको र त्यसबाट नाला जाम भएको र त्यसलाई क्रेनमार्फत पनि हटाइएको छ ।
फोहरमैला व्यवस्थापनमा नागरिकको सहभागिता अनिवार्य भएकोमा जोड दिँदै उहाँले फोहर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका(१० की सरुना कुँवरले घाँस र माटो पुरिएर नाला बन्द भएको र सफा गरेपछि नालामा पानी बग्न थालेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - १७:५२
नयाँ दिल्ली। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ । मन्त्रालय...
जेष्ठ १९ गते, २०८३ - १७:१९
काठमाडौँ। नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नंं ७ स्थायी वतन भएका ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरु...
जेष्ठ १९ गते, २०८३ - १७:०३
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। मुख्यमन्त्री शाहविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस...
जेष्ठ १९ गते, २०८३ - १६:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्...
जेष्ठ १९ गते, २०८३ - १६:४२
काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्ने भएको छ । श्रीलङ्कामा सोमबा...
जेष्ठ १९ गते, २०८३ - १६:३६
काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको ...
जेष्ठ १९ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई प्रधानमन्त्रीको भनिएको गम्भी...
जेष्ठ १९ गते, २०८३ - १५:४७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। विपक्षी दलहरूको व...
जेष्ठ १९ गते, २०८३ - १५:४०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘नेपालको भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिउपर सत्तारुढ दल राष्ट्रिय स्वतन्त...
जेष्ठ १९ गते, २०८३ - १५:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको उपस्थिति (हाजिरी) सम्बन्धी विषय उठाउँदै प्रश्न गरेका...



प्रतिकृया लेख्नुहोस्: