Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

२०औँ पटक नयाँ संयन्त्र, तर उही पुरानो प्रश्न : कहिले समाधान होला भूमि समस्या ?

खबरडबली संवाददाता

काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेपछि भूमिसम्बन्धी समस्या समाधानका लागि नयाँ ‘भूमि समस्या समाधान समिति’ गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्दै पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएका छन्। सदस्यहरूमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मनिधि सोती र काठमाडौंकी डा. रोहणा श्रेष्ठ रहेका छन्।

भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यसहित गठन गरिएको यो नेपालमा भूमि समस्या समाधानका लागि बनाइएको २०औँ संयन्त्र हो। यसअघि पनि विभिन्न सरकारहरूले आयोग, समिति र कार्यदल गठन गरे पनि समस्या अझै समाधान हुन सकेको छैन।

सरकारले केही समयअघि अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन, २०२१ संशोधन गर्दै विगतको भूमि आयोग खारेज गरेको थियो। संशोधित कानुनी व्यवस्थाले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन केन्द्र र जिल्ला तहमा समिति वा कार्यदल गठन गर्न सक्ने व्यवस्था गरेको छ।

सोही व्यवस्थाअनुसार गठन गरिएको नयाँ समितिलाई विगतमा विभिन्न आयोग तथा कार्यदलमार्फत वितरण गरिएका जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, नक्सा प्रमाणीकरणलगायतका विषयमा देखिएका समस्या समाधान गर्ने अधिकार समेत दिइएको छ।

यसअघि केन्द्रमा भूमि आयोग र जिल्लामा राजनीतिक नियुक्तिका आधारमा आयोग गठन गर्ने व्यवस्था रहे पनि अब जिल्ला तहमा भने नयाँ राजनीतिक संयन्त्र नबनाइने भएको छ। यसको सट्टा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को नेतृत्वमा रहेको प्रशासनिक संयन्त्रमार्फत काम अघि बढाइने सरकारको तयारी छ।

१२ लाखभन्दा बढी परिवार अझै समस्यामा

तत्कालीन राष्ट्रिय भूमि समस्या समाधान समितिले सरकारलाई बुझाएको तथ्यांकअनुसार देशभर भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासी गरी १२ लाख ३ हजार ५१९ परिवार अझै भूमि समस्यामा छन्।

तीमध्ये ९ लाख २३ हजारभन्दा बढी परिवार अव्यवस्थित बसोबासी छन् भने १ लाख ७८ हजार ५०४ परिवार भूमिहीन सुकुमबासीका रूपमा सूचीकृत छन्। भूमिहीन दलित परिवारको संख्या ९८ हजार ३९० रहेको छ।

प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ३ लाख १७ हजार १९० परिवार भूमि समस्याबाट प्रभावित छन्। कोशी प्रदेशमा २ लाख ४९ हजार ५४२ तथा सुदूरपश्चिम प्रदेशमा २ लाख ३० हजार ५७३ परिवारको समस्या समाधान हुन बाँकी छ।

बागमतीमा १ लाख ३४ हजार ३८९, मधेसमा १ लाख २२ हजार ४४८ र गण्डकीमा ९२ हजार ७२ परिवार भूमि समस्यामा रहेका छन्। कर्णाली प्रदेशमा भने सबैभन्दा कम ५७ हजार ३०५ परिवार सूचीकृत छन्।

जग्गा वितरणमा नयाँ कडाइ

संशोधित ऐनले जग्गा वितरण प्रक्रियामा थप कडाइ गरेको छ। ऐनअनुसार नदी किनार, तालतलैया आसपास, राष्ट्रिय निकुञ्ज, आरक्ष, वन क्षेत्र, सडक मापदण्डभित्र वा अन्य जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन तथा सुकुमबासीलाई त्यहीँ जग्गा उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको छ।

यस्ता परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबासको व्यवस्था मिलाउनुपर्ने कानुनी प्रावधान राखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन नेतृत्वप्रति वासिङ्टनको चासो किन बढ्यो ?

काठमाडौं । सन् २०२६ को सुरुआतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वलेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकार गठन भएसँगै नेपालप्रति अन...

इरानकाे दाबीबारे ट्रम्पले के भने ?

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित सैन्य पराजय र त्यसपछि हुने राजनीतिक व्याख्याबारे टिप्पणी गर्दै यदि इरानले पूर्ण रूपमा ...

नारायणीमा पौडी खेल्ने क्रममा डुबेर बालक बेपत्ता

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना बालक बेपत्ता भएका छन्। नदीमा पौडी खेल्ने क्रममा मंगलबार एक ब...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको स्थानीय तहलाई निर्देशन दिइएको छ । स्थानीय जनप्रतिनि...

बल्खुमा एमालेको केन्द्रीय कार्यालय निर्माण प्रक्रिया अघि बढ्दै, च्यासलबाट सारिने

काठमाडौं । नेकपा एमालेले बल्खुस्थित आफ्नै स्वामित्वको ९ रोपनी जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने भएको छ। महासचिव शं...

२ राउन्ड गोलीसहित भक्तपुरबाट एक युवक पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायकबाट २ राउन्ड गोली तथा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलका २३...

भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी, ४ वर्ष १ महिना कैद र ३८ लाखभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई ४ वर्ष १ महिना कैद तथा ३८ लाख ५० हजार १३९ रु...

२०औँ पटक नयाँ संयन्त्र, तर उही पुरानो प्रश्न : कहिले समाधान होला भूमि समस्या ?

काठमाडौं । सरकारले भूमि आयोग खारेज गरेपछि भूमिसम्बन्धी समस्या समाधानका लागि नयाँ ‘भूमि समस्या समाधान समिति’ गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ब...

बालेनका विवादले ओझेलमा नीति तथा कार्यक्रम र बजेट बहस

काठमाडौं । प्रधानमन्त्री वलेन्द्र शाह (बालेन)सँग जोडिएका पछिल्ला विवादका कारण सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमाथिको बहस ओझेलमा...

सिंहदरबारमा सत्ता केन्द्रित बैठक आज, मन्त्रिपरिषद्को निर्णयलाई सबैको नजर

काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending