Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कलङ्की–बसुन्धारा सडक विस्तारको तयारी

खबरडबली संवाददाता

काठमाडौँ । चक्रपथको दास्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएकोे छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ ।

चक्रपथको सो खण्ड विस्तारका लागि सडक विभागले केही वर्ष पहिलेदेखि  निर्माणस्थल खाली गराउन लागे पनि कोभिड सङ्क्रमणका कारण चिनियाँ पक्ष आएको थिएन । अहिले अवस्था सामान्य हुँदै जाँदा काम अघि बढाउन चाहेको विभागले जनाएको छ । उनीहरू आएर काम गर्न खाजेको र दुई पटक स्थलगत भ्रमण पनि गरेको विभागका विकास सहायता समन्वय महाशाखा प्रमुख डा विजय जैसीले बताए। पहिले पूर्वसम्भाव्यता अध्ययन गरेर काम कसरी गर्ने भनी छलफल गरिरहेको उहाँले जानकारी गराए । 

चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलङ्की सडक विस्तार गरिएको थियो । सो सडकमा निर्माणस्थल खाली नगर्दै काम सुरु गरिएकाले विस्तारका क्रममा धेरै समस्या आएको थियो । त्यही अनुभवका आधारमा चिनियाँ पक्षले पहिले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण सुरु गर्न सरकालाई भनेको थियो । निर्माणस्थल खाली गराउँदा धेरै समस्या व्यहोर्नुपरेको विभागले जनाएको छ ।

अहिले निर्माणस्थल खाली गर्ने क्रममा आएका धेरै समस्या समाधान भइसकेको छ । अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झन्डै ८० प्रतिशत जग्गा खाली गरिएको छ । गोङ्गबुचोक नजिकै मन्दिर भत्काइएको, स्वयम्भु नजिकै बाँकी रहेका दुई–तीनवटा विद्युत्को पोल सारिएको र बसुन्धाराको बिसौनी नजिकै पनि निर्माणस्थल खाली भइरहेको बताइएको छ ।

सरकारले दोस्रो चरणमा चिनियाँ पक्षलाई कलङ्कीबाट चाबहिलको धोबीखोलासम्म विस्तारका लागि भनेको थियो । सोही आधारमा निर्माणस्थल खाली गराउन सुरु भए पनि महाराजगञ्ज चोक नजिकैका घरहरू हटाइएको छैन । निर्माणस्थल खाली गराउन नसकिएकाले अहिले दोस्रो चरणमा महाराजगञ्जसम्म नगरेर कलङ्कीबाट बसुन्धारासम्म मात्रै गर्ने गरी छलफल भइरहेको छ । उनले भने, “महाराजगञ्जमा मुख्य लेनमा पर्ने धेरै घर भत्काउनुपर्ने र जग्गाको मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले त्यहाँसम्म गर्न सकिने छैन ।”

तयारीका सबै काम सकाएर निर्माणमा जान अब एक वर्ष लाग्ने विभागले जनाएको छ । पहिलेको डिजाइनभन्दा केही संशोधन गर्नुपर्ने भएकाले गर्न लागिएको प्रमुख जैसीले बताए । विभागले विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्नाका साथै एउटा खाका बनाएर चिनियाँ पक्षलाई दिएको उहाँले जानकारी गराए । उनीहरू अहिले त्यसमा अध्ययन गरिरहेका छन् ।

विभागले पहिलो खण्डमा भन्दा केही थप संरचना राख्न पनि चिनियाँ पक्षलाई भनिरहेको छ । भविष्यका लागि एक–दुई ठाउँमा ‘युटिलिटी डट’ राख्न भनिएको छ ।  सडकमुनि रहने यस्तो डटमा खानेपानी, विद्युत्, टेलिकम, ढललगायत संरचना राख्न सकिनेछ । प्रमुख जैसीले भने, “उनीहरूले त्यसका लागि पैसा नभएकाले नेपालको तर्फबाट गर्न भनेका छन् ।”

सडकका ठाउँ–ठाउँमा ‘अण्डरपास’ का लागि कुरा राखिएको छ । अहिले नै ‘अण्डरपास’ नबनाए पछि सडक फुटाएर बनाउन गाह्रो हुने भएकाले सो कुरा राखिएको र औपचारिक कुराकानीबाट  निष्कर्षमा पुग्न छलफल भइरहेको उनको भनाइ थियो । 
 
चक्रपथको पहिलो खण्डको ठाउँ–ठाउँमा पानी डुब्ने समस्या आएकाले त्यो आउन नदिने गरी निर्माण गर्न पनि छलफल भइरहेको छ । पहिलो खण्डमा नाली नभएकाले सडकमा ठाउँ–ठाउँमा पानी जम्मा हुने समस्या आएको थियो । दोस्रो खण्डमा सबैतिर र ठूलो आकारको नाली राख्न भनिएको र त्यसमा चिनियाँ पक्ष पनि सकारात्मक रहेको प्रमुख जैसीले बताए । 

अरु कुरामा सहमति भइरहँदा ‘युटिलिटी डट’ र ‘अण्डरपास’ बनाउने कुरामा भने सहमति हुन बाँकी छ । उनले भने, “उनीहरूको पहिलेअनुसारनै बनाउने मान्यता भन्ने हो । नयाँँ कुराका लागि माथिसम्म पु¥याउनुपर्ने हुन्छ ।”

विकासमा सहयोग गर्ने राष्ट्रसँग दीर्घकालीन योजना हुने र पाँच–सात वर्ष लगाएर योजना बनाइ पैसा दिने गरिएको प्रमुख जैसीले बताए । ती राष्ट्रको योजना कार्यान्वयन हुँदासम्म यहाँको आवश्यकता परिवर्तन भइसक्ने गरेको छ । दश वर्ष पहिले पनि विभागले ग्वार्कोमा फ्लाइओभर बनाउन भने पनि त्यतिबेला पैसा नपुगेर बनाउन सकिएको थिएन । अहिले सरकारले आफ्नै लगानीमा ‘फ्लाइओभर’ निर्माण अघि बढाइरहेको छ । चिनियाँ पक्षले दोस्रो खण्डमा ‘फ्लाइओभर’ बनाउन रकम नभएको भनिरहेको उल्लेख गर्दै उनले भने, “विदेशीको पनि सीमितता हुन्छ । अहिले हामीलाई ग्वार्कोमा जस्तै धेरै ठाउँमा फ्लाइओभर बनाउनुपर्ने छ ।”
 
डिजाइन फाइनल हुन छ–सात महिना लाग्ने र त्यसपछि मात्रै ठेक्का प्रक्रियामा जान सकिने प्रमुख जैसीले बताए । निर्माणको काम काम नै सुरु गर्न अब एक वर्ष लाग्न सक्ने देखिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending