Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

एमालेका सांसदविरुद्ध प्रदर्शन गर्ने चार युवक पक्राउ

खबरडबली संवाददाता

खोटाङ । कोशी प्रदेशको पक्षमा मतदान गर्ने खोटाङ प्रदेशसभा–१ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’विरुद्ध प्रदर्शन गर्ने चार युवा पक्राउ परेका छन् । 

कोशी प्रदेश नामकरणका पक्षमा मतदान गरेको भन्दै नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य राईविरुद्ध दिक्तेलमा प्रदर्शनमा उत्रिएका किराँत राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किराँत, सहकोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीका पूर्वउपाध्यक्ष सप्तमणि राई र जनता समाजवादी पार्टी (जसपा) खोटाङका सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् ।

जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्लासभा सञ्चालन भइरहेकको समयमा किराँत राई यायोक्खाका अध्यक्ष किराँतले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी गर्दै कालो झन्डा देखाइएको थियो । विरोधमा उत्रिएका समूहले प्रदेशसभा सदस्य राईलाई कालोमोसो दल्ने प्रयाससमेत गरेका थिए ।

यायोक्खाका अध्यक्ष किराँतबाहेक अन्य तीन जनालाई भने हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आह्वान गरिएको तर, त्यसविपरीत गरिएकाले विरोध गरिएको यायोक्खाका अध्यक्ष किराँतले बताएका छन् । 

विरोधमा उत्रिएका समूहले नेपाली कांग्रेस प्रदेश महामन्त्री एवं प्रदेशसभा सदस्य खोटाङ क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेश सांसद भूपेन्द्र राईविरुद्ध पनि नाराबाजी गरेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सांसद रामकुमार राई ‘पासाङ’प्रमुख अतिथि रहेका थिए ।

सम्भावित दुर्घटनालाई ध्यान दिएर प्रशासनले जिल्लासभा आसपासमा प्रहरी परिचालन गरेको थियो । पक्राउ परेका चार जनासँगै नागरिक समाजका अगुवा सूर्यबहादुर राई, जसपाका प्रदेश समिति सदस्य नवीन राई, जसपाका जिल्ला अध्यक्ष पिके खम्बू, आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पा र जनजाति महासङ्घ निकट युवा सङ्गठनका अध्यक्ष धनीराम नछुङ जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

पक्राउ परेका चार युवा नछुटेसम्म जिल्ला प्रहरी कार्यालयबाट बाहिर ननिस्कने नागरिक समाजका अगुवा राईले बताएका छन् । यायोक्खाले चैत २० गते प्रेस विज्ञप्तिमार्फत कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रूपमा नल्याउन आग्रह गरेको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending