काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिरोहका थप एक सदस्य पक्राउ परेका छन् । बुधबार दाङ घर भएका र एमाले निकट विद्यार्थीका नेतासमेत रहेका सन्देश शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
गत जेठमै नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी फरार थिए ।
फरार रहेकै अवस्थामा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनीसहितका आरोपीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । करिब १० महिनापछि उनी पक्राउ परेका हुन् ।
गिरोहका अन्य चार सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - १३:५३
काठमाडौँ । जारी पीएम कपमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले एपीएफ...
फाल्गुन ३० गते, २०८१ - १३:४३
बेइजिङ । चीनले इरानसँगको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्नका लागि शुक्रबार रुसी र इरानी कूटनीतिज्ञलाई लागि स्वागत गरेको छ...
फाल्गुन ३० गते, २०८१ - १३:३२
म्याग्दी । मंगला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । हाल बागलुङमा बसोबास र काठमाडौंमा...
फाल्गुन ३० गते, २०८१ - १३:१५
सर्लाही । नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–४, मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएक...
फाल्गुन ३० गते, २०८१ - १२:४९
हुम्ला । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को चार हजार ६७० मिटर अग्लो नारा लेकको हिउँमा फसेका सात जनाको संयुक्त सुरक्षा फौजले उद्धार गरेक...
फाल्गुन ३० गते, २०८१ - १२:२७
काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने भएको छ । आलिया भट्ट आफैंले कान्समा आफ्नो डेब्यूको पुष्टि गरेकी हुन् । ...
फाल्गुन ३० गते, २०८१ - १२:१९
काठमाडौँ । आफ्नो ६०औं जन्मदिन आज मनाउदै गरेका बलिवुड अभिनेता आमिर खान फेरी प्रेममा परेका छन् । जन्मदिनकै अवसरमा आमिरले आफ्नी प्रेमिका गौरी स्प्रेटको ब...
फाल्गुन ३० गते, २०८१ - ११:५७
हेटौँडा। हावाहुरीका कारण मकवानपुरको थाहा नगरपालिकाको विभिन्न वडाहरुमा ठुलो परिणाममा क्षति पुगेको छ । थाहाको वडा नं. ३, ४, ५ र ८ लगायतका वडाहरुमा गएरात...
फाल्गुन ३० गते, २०८१ - ११:३५
बिर्तामोड । झापाको कनकाई नगरपालिकामा ४ कोटीहवनमा एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । कन्काई नगरपालिका ४ स्थित कोटी...
फाल्गुन ३० गते, २०८१ - ११:२१
काठमाडौँ । फिल्म 'होस्टेल’ को तेस्रो सिरिज पनि व्यावसायिकरुपमा सफलता हुने देखिएको छ । फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको देखिएको छ । चलचि...
प्रतिकृया लेख्नुहोस्: