Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सरकारको कामलाई जनतासँग यसरी जोड्दैछ माओवादी

यस्तो छ प्रधानमन्त्रीले भेटघाट गर्ने कार्यतालिका

खबरडबली संवाददाता

काठमाडौँ । राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर आजदेखि कार्यान्वयन सुरु गरिएको छ ।

सो कार्ययोजनाको आजदेखि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुआत गरेको छन् । प्रधानमन्त्री र सङ्घीय सरकारका मन्त्रीहरुले नियमित रुपमा नागरिकसँग अन्तरक्रिया गर्ने गरी कार्य व्यवस्थापन योजना लागू गरिएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

सो पार्टीका तर्फबाट आज सार्वजनिक गरिएको सो योजनाअनुसार हरेक साताको शुक्रबार प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ देखि साँझ छ बजेसम्म नागरिकसँग सरकारको काम कारबाहीलगायतका विषयमा छलफल तथा अन्तरक्रिया एवम् भेटघाट गर्नेछन् ।

यस्तै, हरेक साताको आइतबार ४ देखि ५ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा पनि प्रधानमन्त्रीले भेटघाट गर्नेगरी कार्यतालिका तय गरिएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दियसरी ।

माओवादी केन्द्रले तयार पारेको योजनाअनुसार सातै दिन मन्त्री, सल्लाहकार तथा विज्ञले भेटघाट तथा नागरिकको समस्या समाधान गर्नेगरी भेटघाटको समय तालिका निर्धारण गरिएको छ । माओवादी केन्द्रका महासचिव गुरुङले आज जारी गर्नुभएको परिपत्रअनुसार आइतबार ४ देखि छ बजेसम्म ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्बद्ध क्षेत्र तथा विषयसँग सम्बन्धित विषयमा भेटघाट गर्नुहुनेछ । सर्वदलीय वा सर्वपक्षीय प्रतिनिधिमण्डलबाहेक सिंहदरबारमा कुनै पनि भेटघाट नगर्ने त्यसको सट्टामा पार्टी केन्द्रीय कार्यालयमा नै नागरिकसँग अन्तरक्रिया एवम् छलफल गर्ने व्यवस्था गरिएको छ ।

हरेक साताको सोमबार ४ देखि छ बजेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भेटघाट गर्नुहुनेछ । यस्तै, हरेक साताको मङ्गलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, बिहीबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई घण्टा नागरिकसँग भेटघाट गर्ने गरी कार्यतालिका तय गरिएको छ । शनिबार भने प्रधानमन्त्री, मन्त्रीका सल्लाहकार एवम् विज्ञले भेटवार्ता गर्ने गरी तय गरिएको छ ।

प्रधानमन्त्री, मन्त्री, सल्लाहकार र विज्ञले सातामा एक दिन दुई घण्टा पार्टी कार्यालयमा भेटघाट गर्ने, त्यसका लागि पार्टी कार्यालयबाट दुई र प्रधानमन्त्रीको सचिवालयबाट पनि दुईजना व्यवस्थापनका लागि खटिनेछन् ।

राज्यका कामलाई प्रभावकारी र परिणामुखी बनाउन कानुन निर्माण र कार्यान्वयनलाई अनिवार्य सर्त बनाइएको छ । विगतमा यस्ता कामलाई गम्भीरतापूर्वक नलिई अन्य कामलाई प्राथमिकता दिनाले संविधान कार्यान्वयनमा आवश्यकताअनुसार प्रतिफल दिन नसकिएको माओवादीको ठहर छ । विगतको कमजोरी सच्याउँदै पार्टीका विभागीय कामलाई समेत प्रभावकारी बनाउन लागिपर्ने माओवादीले उल्लेख गरेको छ । पार्टीका विभाग, जनवर्गीय सङ्गठन, मोर्चा, कानुन व्यवसायी, कर्मचारी र विज्ञसँग निरन्तर रुपमा छलफल गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

अनौपचारिक विज्ञ समूह आवश्यकताका आधारमा निर्माण गरी सुझाव लिने गरी कार्य व्यवस्थापन योजना तय गरिएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, परराष्ट्र, आर्थिक, अध्ययन अनुसन्धान र अनुगमनलगायतका समूह तय गरिनेछ । विज्ञ समूहको गठन गर्दा पार्टीको सम्बन्धित विभागबाट दुई, विषय विज्ञ एक, विषयसँग सम्बन्धित पूर्वमन्त्री तथा विगतमा राजनीतिक नियुक्ति लिएकाहरुबाट दुईजना रहनेछन् ।

नयाँ व्यवस्थाअनुसार पार्टी कार्यालयले नियमित रुपमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्ति लिएकालाई जानकारी गराउनेछ । सबै काम कारबाहीको अनुगमनका लागि एक समिति बनाइनेछ ।

प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न आजै निर्देशन दिनुभएको छ ।  पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुबात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा उहाँले भन्नुभयो, “सरकार र पार्टीको कामलाई योजनाबद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधिअनुसार आजदेखि भेटघाटको सुरुबात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।” उनले अब पार्टीभित्र नेताको मन जितेर नेता बन्ने प्रणालीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै जनता र कार्यकर्ताको मन जित्ने नै नेता बन्ने बताएको थियसरी   ।

प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक नियुक्ति लिएकालाई पार्टीप्रति थप जिम्मेवार बनाउन, जनतासँग जोडिन र परिणाम निकाल्नका लागि यस खालको व्यवस्था गरिएको माओवादी केन्द्रले जनाएको छ । सरकार र पार्टीको कामलाई साथ साथै लैजान र नतिजा निकाल्नका लागि नयाँ योजना अगाडि सारिएको सो पार्टीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending