Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

प्रधानमन्त्री प्रचण्ड ‘फिट एन्ड फाइन’

खबरडवली संवाददाता
काठमाडौं । प्राडा युवराज शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् । शर्मा प्रधानमन्त्री दाहालका निजी चिकित्सक हुन् । पाटन विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक र मेडिकल डाइरेक्टर शर्माले भने, ‘जस्तो व्यस्त भए पनि उनले बिहानको समय आफुलाई दिनुभएको छ ।’ प्रधानमन्त्रीले दैनिक टेबल टेनिस खेल्ने र पसिना निकाल्ने गरी व्यापम गर्ने गरेको डा शर्मा बताउँछन् । प्रधानमन्त्री उपत्यका बाहिर जाने भनेपछि खानाको विषयलाई लिएर डा शर्मालाई चिन्ता हुन्छ । भन्छन्, ‘विशिष्ट व्यक्तित्वका लागि मीठो र राम्रो खुवाउनुपर्छ भन्ने हाम्रो चलन छ । नेपालमा राम्रो÷मीठो भन्ने बित्तिकै खसीको मासु, चिल्लो चाप्लो हुन्छ ।’ उनलाई त्यतिबेला त्यो खानाले गडबड गर्छ कि भन्ने डर हुने गरेको बताउँछन् । ‘अहिले प्रधानमन्त्री फिट एन्ड फाइन हुनुहुन्छ । उहाँले आफ्नो स्वास्थ्यका लागि मिन्टेन गर्ने कुराहरु मैले भनेको कुरालाई फलो गर्नुहुन्छ ।’ डा। शर्माले भने, ‘औषधी समयमा नै लिदिनुहुन्छ ।’ प्रधानमन्त्री निवासमा रहेको नर्समार्फत नियमित जानकारी लिने गरेको शर्मा बताउँछन् । विदेश जानुअघि भने प्रधानमन्त्रीको अनिवार्य स्वास्थ्य परीक्षण हुन्छ । ‘आज भोलि नै म स्वास्थ्य परीक्षण गर्छु अब ।’ शर्माले प्रधानमन्त्रीको विदेश भ्रमण हुन सक्ने संकेत उनको यो भनाइले पनि पुष्टि गर्दछ । वर्षमा ३÷४ पटक भने कुनै पनि प्रधानमन्त्रीको नियमित ‘होलबडी टेस्ट’ हुने गरेको उनी बताउँछन् । प्रधानमन्त्रीलाई आरामको समय कम हुने गरेको डा शर्मा बताउँछन् । ‘जीवन व्यस्त छ । धेरै इस्युमा उहाँहरू व्यस्त हुनुहुन्छ । एउटा व्यक्तिले त्यति धेरै विषय व्यवस्थापन गर्नुपर्दा कतै स्वास्थ्यमा असर पो गर्छ कि भन्ने डर हुने कुरा स्वाभाविक हो,’ शर्मा भन्छन्, ‘तर उहाँले त्यसलाई व्यवस्थापन गर्नुभएको । जटिल विषयलाई पनि सहजरूपमा व्यवस्था गर्ने क्षमता देख्दा मलाई आश्चर्य पनि लाग्छ । राजनीतिक दलका ठूला नेतामा यस्तो क्षमता हुनेरहेछ जस्तो लाग्छ ।’ यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: