Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

प्रधानमन्त्री प्रचण्ड ‘फिट एन्ड फाइन’

खबरडवली संवाददाता
काठमाडौं । प्राडा युवराज शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् । शर्मा प्रधानमन्त्री दाहालका निजी चिकित्सक हुन् । पाटन विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक र मेडिकल डाइरेक्टर शर्माले भने, ‘जस्तो व्यस्त भए पनि उनले बिहानको समय आफुलाई दिनुभएको छ ।’ प्रधानमन्त्रीले दैनिक टेबल टेनिस खेल्ने र पसिना निकाल्ने गरी व्यापम गर्ने गरेको डा शर्मा बताउँछन् । प्रधानमन्त्री उपत्यका बाहिर जाने भनेपछि खानाको विषयलाई लिएर डा शर्मालाई चिन्ता हुन्छ । भन्छन्, ‘विशिष्ट व्यक्तित्वका लागि मीठो र राम्रो खुवाउनुपर्छ भन्ने हाम्रो चलन छ । नेपालमा राम्रो÷मीठो भन्ने बित्तिकै खसीको मासु, चिल्लो चाप्लो हुन्छ ।’ उनलाई त्यतिबेला त्यो खानाले गडबड गर्छ कि भन्ने डर हुने गरेको बताउँछन् । ‘अहिले प्रधानमन्त्री फिट एन्ड फाइन हुनुहुन्छ । उहाँले आफ्नो स्वास्थ्यका लागि मिन्टेन गर्ने कुराहरु मैले भनेको कुरालाई फलो गर्नुहुन्छ ।’ डा। शर्माले भने, ‘औषधी समयमा नै लिदिनुहुन्छ ।’ प्रधानमन्त्री निवासमा रहेको नर्समार्फत नियमित जानकारी लिने गरेको शर्मा बताउँछन् । विदेश जानुअघि भने प्रधानमन्त्रीको अनिवार्य स्वास्थ्य परीक्षण हुन्छ । ‘आज भोलि नै म स्वास्थ्य परीक्षण गर्छु अब ।’ शर्माले प्रधानमन्त्रीको विदेश भ्रमण हुन सक्ने संकेत उनको यो भनाइले पनि पुष्टि गर्दछ । वर्षमा ३÷४ पटक भने कुनै पनि प्रधानमन्त्रीको नियमित ‘होलबडी टेस्ट’ हुने गरेको उनी बताउँछन् । प्रधानमन्त्रीलाई आरामको समय कम हुने गरेको डा शर्मा बताउँछन् । ‘जीवन व्यस्त छ । धेरै इस्युमा उहाँहरू व्यस्त हुनुहुन्छ । एउटा व्यक्तिले त्यति धेरै विषय व्यवस्थापन गर्नुपर्दा कतै स्वास्थ्यमा असर पो गर्छ कि भन्ने डर हुने कुरा स्वाभाविक हो,’ शर्मा भन्छन्, ‘तर उहाँले त्यसलाई व्यवस्थापन गर्नुभएको । जटिल विषयलाई पनि सहजरूपमा व्यवस्था गर्ने क्षमता देख्दा मलाई आश्चर्य पनि लाग्छ । राजनीतिक दलका ठूला नेतामा यस्तो क्षमता हुनेरहेछ जस्तो लाग्छ ।’ यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending