Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

रुसी कब्जामा रहेको युक्रेनी क्षेत्रमा पुटिनको भ्रमण

खबरडबली संवाददाता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कब्जामा रहेको युक्रेनी क्षेत्र खेअर्सनको भ्रमण गरेका छन्। क्रेम्लिनका अनुसार उनले त्यहाँ एक सैन्य बैठकको आयोजना गरेर कमान्डरहरूका विवरण सुनेका थिए। पुटिनले लुहान्स्क क्षेत्रको समेत भ्रमण गरेको ठानिएको छ।

रुसले गत वर्ष खेअर्सन  र लुहान्स्क गाभेको थियो। रुसी नेताको त्यस्तो भ्रमण दुर्लभ रूपमा हुने गरेको छ। यद्यपि उनले गत मार्च महिनामा मरिओपोल सहरको आकस्मिक भ्रमण गरेका थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका एकजना सल्लाहकार मिखाइलो पोदोलियाकले ट्विटमार्फत् पुटिनले युक्रेनका "कब्जा गरिएका र क्षतविक्षत भएका भूभाग" भ्रमण गरेर " अन्तिम पटक आफ्ना समर्थकहरूले गरेका अपराधको आनन्द लिएको" लेखेका छन्।

उनले भने, "पुटिनको पतन लोभलाग्दो छ।" पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले उक्त भ्रमण १७ एप्रिलमा भएको जनाएका छन्।

यद्यपि त्यो क्रेम्लिनको वेबसाइटमा सुरुमा राखिएको भिडिओ फुटेजसँग मिल्दैन। उक्त भिडिओमा पुटिनले स्पष्टसँग इस्टरको बिदा "आउँदै गरेको" भनेको सुनिन्छ।

रुसमा अर्थोडक्स इस्टर १६ एप्रिलमा मनाइन्छ जुन पेस्कोभले दाबी गरेको भन्दा एक दिनअघि हो। त्यसपछि भने क्रेम्लिनको वेबसाइटमा राखिएको भिडिओ सम्पादन गरिएको छ र "आउँदै गरेको" भन्ने पुटिनका शब्दहरू हटाइएको छ।

पुटिनले त्यहाँ भ्रमण गरेको पुष्टि गरे तापनि त्यसको मिति भने अझै प्रस्ट हुन सकेको छैन। राष्ट्रपति पुटिनले जापोरिजाको अवस्थाबारे समेत सोधेको बताइएको छ जसलाई मस्कोले रुसी भागको रूपमा दाबी गरेको छ।

पुटिनले खेअर्सनको सैनिकहरूको बैठकमा उनीहरूको ध्यान मोड्न आफूले नखोजेको बताए। "अवस्था कसरी विकसित भइरहेको छ भन्नेबारे तपाईँको विचार जान्नु, तपाईँलाई सुन्नु र सूचना आदानप्रदान गर्नु मेरा लागि आवश्यक छ।"

रुसी फौज गत वर्षको अन्त्यतिर खेअर्सन सहरबाट पछि हटेको थियो। जस क्रममा मस्कोले सन् २०२२ को फेब्रुअरीमा अतिक्रमण गरेपछि नियन्त्रणमा लिएको एकमात्र क्षेत्रीय राजधानी गुमाएको थियो। यद्यपि उक्त क्षेत्रको केही भाग अझै रुसी नियन्त्रणमा छ।

क्रेम्लिनले जारी गरेको भिडिओमा एक खुला ठाउँमा पुटिन हेलिकप्टरबाट निस्कँदै गरेको देखाइएको छ र त्यसपछि उनी कारबाट निस्केको र सैन्य जनरल ठानिएका एक व्यक्तिले स्वागत गरेको देखिन्छ। त्यसपछि उनी सैनिकहरूमाझ बोल्दै गरेका देखिन्छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending