काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कब्जामा रहेको युक्रेनी क्षेत्र खेअर्सनको भ्रमण गरेका छन्। क्रेम्लिनका अनुसार उनले त्यहाँ एक सैन्य बैठकको आयोजना गरेर कमान्डरहरूका विवरण सुनेका थिए। पुटिनले लुहान्स्क क्षेत्रको समेत भ्रमण गरेको ठानिएको छ।
रुसले गत वर्ष खेअर्सन र लुहान्स्क गाभेको थियो। रुसी नेताको त्यस्तो भ्रमण दुर्लभ रूपमा हुने गरेको छ। यद्यपि उनले गत मार्च महिनामा मरिओपोल सहरको आकस्मिक भ्रमण गरेका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका एकजना सल्लाहकार मिखाइलो पोदोलियाकले ट्विटमार्फत् पुटिनले युक्रेनका "कब्जा गरिएका र क्षतविक्षत भएका भूभाग" भ्रमण गरेर " अन्तिम पटक आफ्ना समर्थकहरूले गरेका अपराधको आनन्द लिएको" लेखेका छन्।
उनले भने, "पुटिनको पतन लोभलाग्दो छ।" पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले उक्त भ्रमण १७ एप्रिलमा भएको जनाएका छन्।
यद्यपि त्यो क्रेम्लिनको वेबसाइटमा सुरुमा राखिएको भिडिओ फुटेजसँग मिल्दैन। उक्त भिडिओमा पुटिनले स्पष्टसँग इस्टरको बिदा "आउँदै गरेको" भनेको सुनिन्छ।
रुसमा अर्थोडक्स इस्टर १६ एप्रिलमा मनाइन्छ जुन पेस्कोभले दाबी गरेको भन्दा एक दिनअघि हो। त्यसपछि भने क्रेम्लिनको वेबसाइटमा राखिएको भिडिओ सम्पादन गरिएको छ र "आउँदै गरेको" भन्ने पुटिनका शब्दहरू हटाइएको छ।
पुटिनले त्यहाँ भ्रमण गरेको पुष्टि गरे तापनि त्यसको मिति भने अझै प्रस्ट हुन सकेको छैन। राष्ट्रपति पुटिनले जापोरिजाको अवस्थाबारे समेत सोधेको बताइएको छ जसलाई मस्कोले रुसी भागको रूपमा दाबी गरेको छ।
पुटिनले खेअर्सनको सैनिकहरूको बैठकमा उनीहरूको ध्यान मोड्न आफूले नखोजेको बताए। "अवस्था कसरी विकसित भइरहेको छ भन्नेबारे तपाईँको विचार जान्नु, तपाईँलाई सुन्नु र सूचना आदानप्रदान गर्नु मेरा लागि आवश्यक छ।"
रुसी फौज गत वर्षको अन्त्यतिर खेअर्सन सहरबाट पछि हटेको थियो। जस क्रममा मस्कोले सन् २०२२ को फेब्रुअरीमा अतिक्रमण गरेपछि नियन्त्रणमा लिएको एकमात्र क्षेत्रीय राजधानी गुमाएको थियो। यद्यपि उक्त क्षेत्रको केही भाग अझै रुसी नियन्त्रणमा छ।
क्रेम्लिनले जारी गरेको भिडिओमा एक खुला ठाउँमा पुटिन हेलिकप्टरबाट निस्कँदै गरेको देखाइएको छ र त्यसपछि उनी कारबाट निस्केको र सैन्य जनरल ठानिएका एक व्यक्तिले स्वागत गरेको देखिन्छ। त्यसपछि उनी सैनिकहरूमाझ बोल्दै गरेका देखिन्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: