Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

रवि लामिछानेको लोकप्रियतालाई धक्का दिएर चितवन २ मा कांग्रेस र एमालेले फर्काउला विरासत ?

खबरडबली संवाददाता

काठमाडौं । चितवनको क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने उपनिर्वाचनमा पुराना दलहरूले गुमेको विरासत फर्काउन जोडबल गरिरहँदा त्यहाँको निर्वाचनलाई चासोपूर्वक हेरिएको छ।

यसअघि मङ्सिर ४ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने करिब ४९ हजार मत प्राप्त गरेर निर्वाचित भएका थिए भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले १४-१४ हजार हाराहारीमा मत प्राप्त गरेका थिए ।

छोटो समयमा नै निकै लोकप्रियता कमाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा यसअघि खसेको मत फर्काउने चुनौती नेपाली कांग्रेस र एमालेलाई छ।

यहाँको आसन्न उपनिर्वाचनमा १२ दल र १० स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परे तापनि खास गरी प्रतिस्पर्धा भने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेबीच नै रहेको विश्लेषण स्थानीयहरू गर्छन्।

आइतवार हुने मतदानका लागि चितवन-२ का १ लाख २४ हजार ६ सय ९५ योग्य मतदाता छन्।

आ-आफ्नै कसरत

यसअघि आफ्नै कार्यकर्ताको मत नपाएको बताउने चितवनमा नेपाली कांग्रेस र एमाले मङ्सिर ४ को निर्वाचनमा गुमेको मत फर्काउन निकै कसरत गरिरहेका देखिन्छन्।

वैशाखको गर्मीको प्रवाह नगरिकन दलका उम्मेदवार र कार्यकर्ताहरू निर्वाचन क्षेत्रका नागरिकका समस्या,  विकास र सेवा‍-सुविधासँग जोडिएका एजेण्डा सुनाउँदै मतदाताका घर घरमा पुगिरहेका छन् ।

नेपाली कांग्रेसले जीतनारायण श्रेष्ठलाई गठबन्धन दलको साझा उम्मेदवार बनाएको छ। मङ्सिर ४ को निर्वाचनमा समेत त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनको साथ पाएका थिए। तर उनी ठूलो अन्तरले पराजित भए।

त्यसबेला देखिएको त्यही उच्च अन्तरका कारण यस निर्वाचनमा समेत गठबन्धनका र नेकपा एमालेका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको मत गएको मत फर्काउन निकै कसरत गर्नु पर्ने धेरैको टिप्पणी हुने गरेको छ।

"मङ्सिर ४ को निर्वाचनमा जे भयो भयो, त्यो सधैँ दोहिरिन सक्दैन। यसपाली लहर कांग्रेसको पक्षमा छ," गठबन्धनको साथ पाएका काङ्ग्रेका उम्मेदवार जीतनारायण श्रेष्ठले भने।

नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने आफ्नो दल सधैँ विकासप्रेमी रहेको बताउँदै अहिले पार्टीले चलाएको 'मिसन ग्रासरुट' कार्यक्रमले पनि एमालेको पक्षमा मतदाताहरु देखिएको दाबी गरे।

उनी भन्छन्, "यी कारणले यसपटकको निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ।"

अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल यहाँ तेस्रो भएका थिए। यी दुवै उम्मेदवारका लागि चुनौतीका रूपमा रहेका रवि लामिछाने अघिल्लो पटक पराकिलो अन्तरले निर्वाचित भएका थिए।

आफू छोटो समयमै सांसद पदबाट बाहिरिनु परेका कारण मतदातालाई गरेको बाचा पूरा गर्न नसकिरहेको लामिछानेले प्रचारका क्रममा बताउँदै आएका छन्।

उनी भन्छन्, "तपाईँहरूलाई गरेको बाचाबाट म विचलित भएको छैन र तपाईँहरू पनि विचलित नभइदिन आग्रह गर्दछु।"

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो। पुन: नेपाली नागरिकता लिएर लामिछाने चुनावमा सहभागि भएका हुन्।

आक्रामक प्रचार

पुराना दलहरूले मत फर्काउन आक्रामक प्रचारप्रसार शैली अपनाइरहँदा रास्वपाका लामिछाने चाहिँ आफूले पहिला पाएको मत जोगाउन लागेको देखिन्छ ।   

May be an image of 7 people

विसं २०७९ सालको आमनिर्वाचनअघि एमालेले चितवन-२ मा लगातार दुईपटक जितेको थियो। पछिल्लो चुनावमा यहाँबाट लगातार दुईपटक निर्वाचित सांसद पोखरेल तेस्रो मात्रै भए।

हाल उक्त दलका उम्मेदवार रामप्रसाद न्यौपाने एमाले चितवन जिल्ला समितिका अध्यक्ष हुन्। त्यसअघि पहिलो संविधानसभाको निर्वाचनमा त्यहाँ नेपाली कांग्रेसका शेषनाथ अधिकारी निर्वाचित भएका थिए।

२०७४ को चुनावबाटै मतदाताको चित्त बुझाउन नसकेको नेपाली कांग्रेसले यसपटक जिल्ला राजनीतिमा स्थापित पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उतारेको छ।

उपनिर्वाचनमा गठबन्धनका दलहरू प्रतिबद्ध भएर लागेको र जनस्तरमा रहेको भ्रम चिर्ने काम भई रहेको नेकपा माओवादीका अध्यक्ष रामचन्द्र अधिकारी बताउँछन्।

उनी भन्छन्, "माओवादीको ९० प्रतिशत मत गठबन्धनका उम्मेदवारलाई जानेछ।" कांग्रेसले प्रचारका क्रममा जिल्लाका पुरानादेखि समकालीनलाई समेट्ने प्रयास गरिरहेको देखिन्छ।

यसका लागि कांग्रेस र एमालेका प्रभावशाली केन्द्रीय नेताहरू चुनावी कमान्ड सम्हालेर चितवनमै खटिएका छन्।यहाँ एमाले र कांग्रेस दुवै प्रमुख दलका उम्मेदवार प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा पहिलो पटक अघि सरेका हुन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending