Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

तराईबाट पहाड र हिमाल चढ्दै औलो

खबरडबली संवाददाता

काठमाडौं । विश्व औलो दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। ‘शून्य औलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित मंगलबार दिवस मनाउन लागिएको हो।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन्। 

नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अति महत्त्वाकांक्षी लक्ष्य लिएको छ। सो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ। यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ।

स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयातित औलो चुनौतीका रूपमा रहेको बताउँछन्। ‘पछिल्लो समय औलोको जोखिम तराईमा मात्र होइन, पहाड र हिमाली क्षेत्रमा समेत देखिएको छ’, उनी भन्छन्, ‘यसमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा बारम्बार औलोका बिरामी भेटिएका छन्।’

उनका अनुसार आयातित औलो निवारण नै नेपालका लागि मुख्य चुनौती हो। यसबाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुला सिमाना र भौगोलिक विकटता औलो निवारणका चुनौती हुन्। ‘चुनौतीका बाबजुद यस वर्षदेखि लगातार तीन वर्ष स्थानीय औलोका बिरामीको सङ्ख्या शून्यमा झार्न लागिपरेका छौँ’, उनले भने।

नेपालमा एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ। यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ। शाखा प्रमुख डा. दाहालका अनुसार सन् २०२२ मा औलोका ५१२ बिरामी भेटिएका थिए। तीमध्ये चार सय ७६ बिरामी अन्य देशबाट औलो सङ्क्रमित भएर आएका र बाँकी ३६ स्थानीय बिरामी थिए।

सन् २०१५ सम्म हजारभन्दा माथि औलोबाट प्रभावित भएका थिए। सन् २०१६ मा औलोबाट तीन जनाको अकाल मृत्यु भएको थियो। सन् २०२१ सम्म एक जनाको मृत्यु भयो। औलोको धेरै बिरामी सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भेटिँदै आएको शाखाको तथ्यांकमा उल्लेख छ।

चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो। औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो। ‘औलो सामान्य र कडा लक्षणसहितका हुन सक्छन्। औलो सङ्क्रमण भएको सातदेखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भने। सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने, वान्ता हुने लक्षण देखिन्छ। लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उनको सुझाव छ।

उनका अनुसार ‘फाल्सिफारम’ र ‘भाइभेक्स’ औलो धेरै देखिने गरेको छ। फाल्सिफारम बढी घातक मानिन्छ। उनका अनुसार औलोका कारण गम्भीर स्वास्थ्य समस्या र बिरामीको मृत्युको जोखिमसमेत हुन्छ। ‘औलो सङ्क्रमितलाई जाडो, गर्मी र पसिना आउने तीन चरण देखिन्छ। औलो कडा हुँदै गए जण्डिस देखापर्छ, कलेजो सुनिन्ने, मिर्गौला र श्वासप्रश्वासमा समस्या देखिएर मृत्युसम्मको जोखिम हुन्छ’, पुनले भने।

फाल्सिफारमका लागि औलोविरुद्ध औषधिको प्रयोगबाट औलोको उपचार गरिन्छ। गर्मी र वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending