Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

स्वास्थ्य बिमा गराउनेमा महिला बढी

खबरडबली संवाददाता

गोरखा । गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत  भएको थियो ।  

स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार  स्थानीय तह रहेको जिल्लाभित्र स्वास्थ्य बिमा गराउनेको सङ्ख्या गोरखा नगरपालिकामा सबैभन्दा धेरै रहेका छन्  । 

“एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकाभित्र सबैभन्दा धेरैले स्वास्थ्य बिमा गराएका छन्”, उनले भने, “नगरपालिकामा अहिलेसम्म २१ हजार सात सय १८ जनाले स्वास्थ्य बिमा गराइसकेका छन् ।”

जिल्लाको चुमनुब्री गाउँपालिकामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सबैभन्दा न्यून रहेको जानकारी दिए। “चुमनुब्री गाउँपालिकामा अहिलेसम्म सात सय ७४ जनामा मात्र स्वास्थ्य बिमाको पहुँचमा रहेको छ । प्रमुख लौडारीले भने। 

उनका अनुसार पालुङटार नगरपालिकाभित्रका १६ हजार एक सय ५१ जनाले स्वास्थ्य बिमा गराएका छन् भने सिरानचोक गाउँपालिकाका नौ हजार नौ सय ४२ जनाले अहिलेसम्म स्वास्थ्य बिमा गराएका छन् ।

प्रमुख लौडारीले स्वास्थ्य बिमा गराउनेमा आरुघाट गाउँपालिकाका आठ हजार तीन सय ३४ , भीमसेन थापा गाउँपालिकाका सात हजार आठ सय ४८ , अजिरकोट गाउँपालिकाका दुई हजार चार सय १३ , बारपाक सुलिकोट गाउँपालिकाभित्रका छ हजार, गण्डकी गाउँपालिकाका पाँच हजार तीन सय १०  र धार्चे गाउँपालिका एक हजार आठ सय ९३  रहेको जानकारी दिए। 

उनले गोरखामा स्वास्थ्य बिमा गराउनेमध्ये पुरुषको तुलनामा महिलाको सङख्या बढी रहेको  बताए। 

“स्वास्थ्य बिमा गराएकामध्ये ४२ हजार एक सय १४ जना पुरुष रहेका छन्”, उनले भने,  “स्वास्थ्य बिमा गराउने महिलाको सङ्ख्या भने गोरखामा ४६ हजार छ सय दुई जना रहेको छ ।” 

स्वास्थ्य बिमा गराएकामध्ये एक हजार नौ सय ३३ जना अतिगरिब घरपरिवार पहिचान भएका व्यक्तिको निःशुल्क बिमा गरिएको उहाँले जानकारी दिए। त्यस्तै १५ हजार नौ सय चार जना ज्येष्ठ नागरिक, पाँच सय ९८ जना ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा तीन सय ४३ जना एचआइभी सङ्क्रमित व्यक्तिको पनि निःशुल्क बिमा गरिएको बताए। 

पाँच परिवार भएका परिवारले एक वर्षको रु तीन हजार पाँच सय तिरेपछि एक वर्षसम्म तोकिएको अस्पतालबाट प्रतिव्यक्ति रु एक लाख बराबरको उपचार सेवा प्राप्त गर्ने प्रमुख लौडारीले जानकारी दिए। 

पाँच जनाभन्दा बढी सदस्य रहेका परिवारले थप एक व्यक्तिको रु सात सय थप गरेर बिमा गर्नसक्ने व्यवस्था रहेको उनले जानकारी दिए। 

गोरखा जिल्लामा बिमा गराएका व्यक्तिले गोरखा अस्पताल, आँपपीपल अस्पताल, मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्र, जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिनसक्ने गरी स्वास्थ्य संस्था सूचीकृत रहेको प्रमुख लौडारीले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending