Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

प्राङ्गारिक खेतीमा लागेपछि किसानलाई सहज

खबरडबली संवाददाता

महोत्तरी । बजारमा तरकारी बिसाउनासाथ किसान चन्देश्वर राय दनुवारको वरीपरी ग्राहक झुम्मिहालछन् । उनको तरकारी एकैछिनमा बिक्री हुन्छ । तरकारी खेतीमा विषादीको प्रयोग नगर्ने महोत्तरी जिल्लाको भङ्गाहा–४ रामनगरका दनुवारले उत्पादन गरेको तरकारी ग्राहकले खोजीखोजी किन्ने गरेका छन् । 

“तरकारीको भारी बिसाउना बिक्री सुरु भइहाल्छ भने एकैछिनमा सकिन्छ पनि”, उनले भने, “ “मूल्यमा पनि खासै मोलमोलाई हुँदैन, एकैछिनमा तरकारी बिक्री गरी घर फर्किहाल्छु ।” 

उनले डेढ दशकअघि तरकारी खेती सुरु गर्दा रासायनिक मल प्रयोग थिए । तर त्यो तरकारी आफ्नै भान्सामा पनि प्रयोग हुने र यसले स्वास्थ्यमा असर गर्ने थाहा पाएपछि भने उनले विषादीको प्रयोग छाडेको हो । 

“नाकमुख नै छोपेर तरकारीका बोटमा विष छरिन्थ्यो, चिचिलामा लागेका किरा मार्न विष नै प्रयोग हुन्थ्यो” दनुवारले पुराना कुरा सम्झदै भने, “उत्पादित तरकारी त आफ्नै भान्सामा पनि पाक्थ्यो, यसले मलाई झस्कायो, विष खाँदैछौ भन्ने लाग्यो, त्यसपछि प्रयोग छाडेँ ।”

अचेल उनी तरकारीमा गाईबस्तुको गोबर, ढैँचा ९कुहाएर कम्पोट मल बनाइने वनष्पति० र मुँग ९कोसे दलहन बाली, घर वरपरका फोहर कसिङ्गर खाल्टामा राखेर बनाइएको मल प्रयोग गर्न्छन् । 

त्यसैगरी किरा नियन्त्रणका लागि खरानीको धुलो, गाईको गहुँत, विभिन्न वनष्पतिका झोल प्रयोग गरिने उनको भनाइ छ । अहिले सघन तरकारी खेती गरिने भङ्गाहाका अतिरिक्त बर्दिबास, गौशाला र औरही नगरपालिकाका किसान विषादी र रासायनिक मलको प्रयोग गर्न छाडिसकेका छन् । उनीहरु प्राङ्गारिक मलको प्रयोग गर्न थालेका छन् । 

तरकारी, तेलहन र उखुलगायतका नगदेबाली लगाउने यी नगर गाउँ बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाटै प्रशस्त उत्पादन हुन थालेको यस भेगका किसानको भनाइ छ । खासगरी हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले आम उपभोक्ताको स्वास्थ्यमा असर पर्ने कुराले सोको प्रयोग छाडिएको भङ्गाहा–४ का तरकारी किसान नारायण दाहालको भनाइ छ । 

प्राङ्गारिक मल बनाउन आफ्नै वरपरका झारपतिङर, त्यतिकै मिल्किएका फोहोर, मल बनाउन नै खेती गरिने ढैंचा र  गाइवस्तुको गोबर प्रयोग गर्न सकिने भएकाले यो खेतीका लागि सर्वोत्तम मल हुने किसानको भनाइ छ । यस्तो मलले माटोलाई उर्वर बनाई राख्ने र वर्षैपिच्छे मात्रा केही घटाउँदै लान सकिने हुँदा खेतीमा लागत पनि घट्दै जाने किसानको बुझाइ छ ।  

बालीलाई मल चाहिने उपयुक्त बेलामा रासायनिक मलको हाहाकार हुने र तिनको गुणस्तरको समेत यकिन नहुँदा उत्पादनमा प्रतिकुल असर परेपछि आफूहरु परम्परागत आग्र्यानिक खेतीमा लागेको किसानहरुको भनाइ छ । 

तरकारी, फलपूmल र अन्य बालीमा लाग्ने रोगब्याध र किरा नियन्त्रणका लागि गाईको गहुँत, खरानी र पानी छर्कने विधि अप्नाउन थालिएको र यो निक्कै सफल भएको पशुपतिनगर–२ का किसान ब्रह्मदेव महतोले बताए। 

रसायनिक मल र विषादीको प्रयोग छाड्दा पहिलो वर्ष २०७० सालमा उत्पादन अलि कम भए पनि त्यसयता क्रमशः उत्पादन बढ्दै गएपछि अब खासै समस्या नभएको बर्दिबास–४ का किसान रामजी पौडेलको भनाइ छ । पछिल्ला वर्षमा प्राङ्गारिक खेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आम चासो र परिचय बढेपछि उपभोक्ताले बजार पु¥याउनासाथ आफ्नो समान तत्काल किन्ने गरेका पौडेलको अनुभव छ । 

सरकारले प्रदेशहरुमा प्राङ्गारिक मल उत्पादनका कारखाना बनाउन, यस्ता काममा लाग्नेलाई प्रोत्साहन गर्न सके आम रुपमै किसान परम्परागत खेती प्रणालीमा फर्कने भङ्गाहा–५ सीतापुरका पूर्वसहसचिव तथा कृषिविज्ञ रामबहादुर भुजेलको भनाइ छ । 

प्राङ्गारिक मलको प्रयोगको परिणाम बर्सेनि घटाउँदै लान सकिने हुँदा पहिलो पटक मल किन्दा केही मँहगो परेपनि बिस्तारै अघिल्ला वर्षमा यो खेती कम लागतमा गर्न सकिने भुजेलको भनाइ छ । यो  खेती प्रणाली किसानका लागि सजिलो र कम लागतको हुने र उपभोक्ताका लागि स्वस्थ्यकर हुने कुरा बिस्तारै आम किसान र उपभोक्ताले बुझ्दै गएपछि यस्तो खेती बढेको भुजेलको  बुझाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending